+
+
Shares

देउवा कांग्रेससँग फेसबुक, गगनसँग एक्स

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस बुधबारदेखि दुई समूहमा विभाजन भएको छ, जसमा शेरबहादुर देउवा र गगन थापाको नेतृत्व रहेको छ।
  • देउवा नेतृत्वको कांग्रेसले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्य नरहने गरी कारबाही गरेको छ।
  • पार्टीको आधिकारिक वेबसाइट र फेसबुक पेजमा कारबाही निर्णय पोस्ट गरिएको छ भने गगन नेतृत्वको कांग्रेसले एक्स सामाजिक सञ्जालमा विशेष महाधिवेशनको सूचना राखेको छ।

१ माघ, काठमाडौं । नेपाली कांग्रेस बुधबारदेखि विभाजन भएको छ । एउटा १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र अर्को बुधबार सम्पन्न विशेष महाधिवेशनबाट नेतृत्वको ।

दुवैले आफूलाई आधिकारिक दाबी गरिरहेका छन् । देउवा कांग्रेसले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

त्यतिमात्रै होइन पार्टीको आधिकारिक वेबसाइटबाट उनीहरूको तस्बिर र नाम पनि हटाइएको छ । उता सामाजिक सञ्जाल फेसबुक पनि देउवा कांग्रेसको पहुँचमा छ । सोहीकारण थापासहितलाई कारबाही गरिएको निर्णय त्यहाँ पोस्ट गरिएको छ ।

यता गगन नेतृत्वको कांग्रेसको पहुँचमा एक्स छ । त्यहाँ विशेष महाधिवेशनको सूचनाहरू राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?