News Summary
Generated by OK AI. Editorially reviewed.- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।
- सभापति थापाले कार्यवहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई कांग्रेस विधान अनुसार महाधिवेशन भएको जानकारी दिएका छन्।
- महाधिवेशन विधानको धारा १७ को उपधारा २ अनुसार नयाँ नेतृत्व चयन भएकाले विवरण अद्यावधिक गर्नुपर्ने बताए।
१ माघ, काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । सभापति थापा सहितको पदाधिकारी टोलीले कानुनविद्हरू समेत लिएर निर्वाचन आयोग पुगी कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अनुरोध गरेको हो ।
सभापति थापाले निर्वाचनको समय आइसकेकाले पार्टीको विवरण चाँडोभन्दा चाँडो अद्यावधिक गरिदिन अनुरोध गरेका छन् ।
उनले कार्यवहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई कांग्रेस विधानको व्यवस्था अनुसार महाधिवेशन भएको अवगत गराएका छन् ।
महाधिवेशन विधानको धारा १७ को उपधारा २ अनुसार भएको जानकारी दिएका छन् । यो विधानको बाध्यकारी व्यवस्था भएको र त्यो व्यवस्था अन्तर्गत भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेकाले अब नेपाली कांग्रेसको विवरण अद्यावधिक गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4