News Summary
Generated by OK AI. Editorially reviewed.- मिस नेपाल लुना लुइँटेलले मिस वर्ल्ड २०२६ को तयारी अन्तर्गत पर्वतको फलेवासमा स्वास्थ्य, शिक्षा र उद्यमशिलताको परियोजना सुरु गरेकी छन्।
- फलेवासको खानी गाउँस्थित वडा ५ मा दुना टपरी उत्पादन कारखाना निर्माण भइरहेको छ र स्थानीय महिलालाई मेसिन र औजार प्रदान गरिनेछ।
- स्थानीय विद्यालयमा ९० लाख मूल्यको स्याटेलाइट टेलिमेडिसिन राखिने र पुस्तकालय तथा शौचालय निर्माणको योजना छ, जसको लागि ५५ लाख लागत लाग्ने बताइएको छ।
काठमाडौं । मिस नेपाल लुना लुइँटेलले आगामी विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड २०२६’ को तयारी तीव्ररुपमा अघि बढाइरहेकी छन् । यो मेसोमा महत्वपूर्ण विधा ‘ब्यूटी विथ पर्पस’ को काम पनि सुरु भएको छ ।
सो विधाको लागि लुनाले पर्वतको फलेवासमा स्वास्थ्य, शिक्षा र उद्यमशिलताको परियोजना सुरु गरेकी छन् । फलेवासको खानी गाउँस्थित वडा ५ मा यो प्रोजेक्टअनुसार दुना टपरीको उत्पादन कारखाना निर्माण सुरु भएको छ ।
स्थानीय महिलाको उद्यमशिलतामा सघाउन यो फ्याक्ट्रीले सहयोग गर्ने आशा उनको छ । साथै, ती महिलालाई दुना टपरी बनाउने औजार र मेसिन पनि प्रदान गरिने भएको छ ।
स्थानीय जनता आधारभूत विद्यालयमा ९० लाख मूल्य पर्ने टेलिमेडिसिन राखिने भएको छ । एनसेलको स्याटेलाइट टेलिमेडिसिन प्रोजेक्टअन्तर्गत यो दूर चिकित्सा मेसिन राख्न लागिएको हो । धुलिखेल अस्पतालको सपोर्ट क्लिनिक रहेको उक्त थलोबाट स्थानीयले दूर चिकित्सा सेवा लिन सक्ने बताइएको छ ।

उक्त विद्यालयमा पुस्तकालय निर्माणदेखि एक शौचालय बनाउने योजना पनि छ । यो प्रोजेक्टको लागि ५५ लाख लागत लाग्ने मिस नेपाल आयोजक द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले अनलाइनखबरलाई बताए ।
अहिले परियोजनाको लागि आर्थिक संकलन भैरहेको मिस नेपाल लुनाले जानकारी दिइन् । लुनाले यसबाहेक मिस वर्ल्डका अन्य विधाको पनि तयारी गरिरहेकी छन् ।
नेपाल ‘ब्यूट विथ पर्पस’ को दाबेदार मुलुक हो । यो विधामा उत्कृष्ट हुन सके सीधै सेमिफाइनलमा प्रवेश गर्ने मौका हुनेछ । मिस वर्ल्ड २०२६ को आयोजना स्थल र मिति भने तय हुन बाँकी छ ।
प्रतिक्रिया 4