News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन प्रहरीका लागि २ माघसम्म एक लाख ७२ हजार ८७७ जनाले आवेदन दिएका छन्।
- देशभर एक लाख ३३ हजार ९८० जनाको माग भए पनि ३६ जिल्लामा आवेदन कम परेको छ।
- कम आवेदन परेका जिल्लामा आवेदन दिने म्याद २ दिन थप गरिएको छ।
२ माघ, काठमाडौं । निर्वाचन प्रहरीका लागि बिहीबारसम्म १ लाख ७२ हजार ८७७ जनाको आवेदन परेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार आवेदन दिने अन्तिम मितिसम्म एक लाख ७२ हजार ८७७ जनाले आवेदन दिएका हुन् ।
देशभरबाट नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्नाका लागि माग गरिएको थियो । सो क्रममा एक लाख ७२ हजार ८७७ जनाले आवेदन दिए । ३६ जिल्लामा भने माग भन्दा कम आवेदन परेको डीआईजी काफ्लेले बताए ।
उनका अनुसार कम आवेदन परेका ३६ जिल्लामा पुन: २ दिन म्याद थप गरेर आवेदन माग गरिएको छ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि २४ पुसमा आवेदन खुलाइएको थियो । हिजो बिहीबारसम्म आवेदन दिने अन्तिम मिति थियो ।
यता, सशस्त्र प्रहरीले पनि निर्वाचन सुरक्षा प्रहरीका लागि छुट्टै भर्ना आह्वा गरेर अहिले आवेदन लिइरहेको छ ।

निर्वाचन प्रहरी छनोटमा पूर्वसुरक्षाकर्मी एवं पूर्ववन रक्षक, पछिल्लोपटक विभिन्न सुरक्षा निकायको भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूलाई प्राथमिकता दिइने बताइएको छ ।
यसका साथै, यसअघिका निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक रूपमा काम गरेका व्यक्ति र विदेशी राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकले पनि प्राथमिकता पाउने छन् ।
प्रतिक्रिया 4