+

राष्ट्रिय लिग फुटबल : मनाङमाथि आर्मीको फराकिलो जित

२०८२ माघ  ३ गते १६:०७ २०८२ माघ ३ गते १६:०७
राष्ट्रिय लिग फुटबल : मनाङमाथि आर्मीको फराकिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिग फुटबल अन्तर्गत शनिबार मनाङ मर्स्याङ्दी क्लबलाई ५–० को फराकिलो अन्तरले हराएको छ।
  • निराजन धामीले २ गोल गर्दा नवयुग श्रेष्ठ, नवीन लामा र जिलेस्पीजंग कार्कीले १–१ गोल थपे।
  • चित्लाङ एफसीले नवजनजागृति युथ क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको छ।

३ माघ, काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय लिग फुटबल अन्तर्गत शनिबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई ५–० को फराकिलो अन्तरले हराएको छ।

आर्मीको जितमा निराजन धामीले २ गोल गरे भने नवयुग श्रेष्ठ, नवीन लामा र जिलेस्पीजंग कार्कीले १–१ गोल थपे। पहिलो हाफमा २ गोल गरेको आर्मीले दोस्रो हाफमा ३ गोल थप्यो ।

खेलको १५औं मिनेटमा नवीन लामाले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । ३४औं मिनेटमा निराजनले दोस्रो गोल गरे।

दोस्रो हाफमा नवयुगले ६७औं मिनेटमा गोल गरे भने निराजनले ७७औं मिनेटमा आफ्नो दोस्रो गोल पूरा गरे। इन्जुरी समयको दोस्रो मिनेटमा जिलेस्पीजंग कार्कीले गोल गर्दै ५-० को जित पक्का गरे ।

यसअघि आजै भएको पहिलो खेलमा चित्लाङ एफसीले नवजनजागृति युथ क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको थियो ।

चित्लाङका म्याथ्यु बाबतुन्डे र सोलोमन इलेसान्मीले गोल गरेका थिए । नवजनजागृतिका लागि उदित नारायणले एक गोल गरे ।

लिगअन्तर्गत आजै साँझ साढे ६ बजे प्लानिङ ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

त्रिभुवन आर्मी क्लब मनाङ मर्स्याङ्दी क्लब राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय