३ माघ, काठमाडौं । एसवाई इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा फेस अफ एसवाई २०८२ (व्राण्ड एम्वेसडर हन्ट) मा मलैसा आचार्य छनोट भएकी छिन् ।
एसवाई बजार नेपालका निर्देशक विमलराज गोसाईका अनुसार कुल दुई करोड वढी राशी पुरस्कारको व्यवस्था भएको यो नेपालकै पहिलो ठूलो ब्राण्ड एम्बेसडर हन्ट हो ।
देशभरका गाउँंघरमा लुकेर बसेको प्रतिभालाई पहिचान गरी भुइँमान्छेलाई ब्राण्ड एम्बेसडर बनाउन खोजिएको उनले बताए । कार्यक्रमबाट प्रतिस्पर्धामार्फत् कम्पनीका लागि मुख्य तीन जना ब्राण्ड एम्बेसडरहरू छनोट गरिएको छ ।
यस योजना अनुसार महिला पुरुष दुवैले प्रतिस्पर्धामा सहभागी भइ छनोट हुने अवसर पाएका थिए ।
पहिलो चरण जुन १ बाट सप्टेम्वरको ३० तारिखसम्म चलेको थियो । पहिलो चरणमा भाग लिन एसवाई थिममा एउटा भिडियो बनाउनुपर्ने थियो । पहिलो चरणबाट उत्कृष्ट पाँंच सय जनालाई छनोट गरिएको थियो ।
छनोट भएका पाँंच सय जनालाई नै दुई हजार बराबरको एसवाई बजारको सपिंग भौचर प्रदान गरिएको थियो । पहिलो चरणबाट छनौटमा पर्न सफल उत्कृष्ट एक सय ५० जनालाई दोश्रो चरणमा लगिएको थियो ।
त्यसमध्येबाट उत्कृष्ट ५० जनालाई १० हजार बराबरको एसवाई बजारको सपिंग भौचर प्रदान गरिएको हो । दोश्रो चरणबाट छनोट भएका उत्कृष्ट २५ जनालाई फाइनलमा लगिएको थियो
अन्तिम उत्कृष्ट छनोट भएका २५ जनालाई तालिमसमेत दिइएको थियो । साथै परीक्षण पनि विभिन्न चरणमा भएका थिए । फाइनल स्टेजमा उत्रने २५ जनामध्येबाट टाइटल फेस अफ एसवाई छनोट हुने व्यवस्था अनुसार कार्यक्रम भएको थियो ।
त्ससपछि फष्ट रनर अप, सेकेण्ड रनर अप छनौट भएका हुन् । यस अनुसार फस्ट रनर अपमा सारा लामा र सेकेण्ड रनर अपमा अपि योन्जन छनौट हुन सफल भए । कार्यक्रमबाट टाइटल विनरलार्ई नगद रु ५ लाख पुरस्कारका साथै एक करोड बराबरको एक वर्षको कन्ट्याक्ट गरिएको छ ।
प्रतियोगिताबाट उत्कृष्ट फष्ट रनर अपलाई चार लाख नगद पुरस्कार दिइएको छ । उनीसँंग ५० लाख बराबरको कन्ट्याक्ट गरिने बताइएको छ । सेकेण्ड रनर अपलाई तीन लाख नगद पुरस्कारका साथै उनीसँंग ३० लाख बराबरको कन्ट्याक्ट हुनेछ ।
त्यसपछि बाँंकी उत्कृष्ट सात जनालाई पपुल्यारिटी अवार्डमा दिइएको थियो । उनीहरुलाई प्रति व्यक्ति डेढडेढ लाख (एक लाख ५० हजार) रकम दिइने छ । यस हिसाबले यो प्रतियोगितामा पुरस्कारको कुल खर्च मात्रै दुई करोड बढी गएको छ ।
प्रतिक्रिया 4