+
+
WC Series
Nepal Women
122/10 (20)
VS
Thailand Women won by 8 wickets
Won Thailand Women
125/2 (16.5)
Shares

सर्वोच्चमा देउवा समूहको माग : मंगलबारको मनोनयन सार्नुपर्छ

उनीहरूले मंगलबारको मनोनयन रोक्नुपर्ने अनि मनोनयन भइसकेको भए त्यसलाई स्थगित गरेर अर्को मनोनयनको मिति घोषणा गर्न आदेश हुनुपर्ने माग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १३:३४

४ पुस, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आगामी मंगलबारलाई तोकिएको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मनोनयन स्थगित हुनुपर्ने माग गरेको छ ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्दै गगन–विश्व समूहलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर हुनुपर्ने माग गरेका हुन् ।

उनीहरूले मंगलबार (६ माघ ) को मनोनयन रोक्नुपर्ने अनि मनोनयन भइसकेको भए त्यसलाई स्थगित गरेर अर्को मनोनयनको मिति घोषणा गर्न आदेश हुनुपर्ने माग गरेका छन् ।

देउवा र खड्काले निर्वाचन आयोगको निर्णय बदर गरी भृकुटीमण्डप महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति भंग हुनुपर्ने भनेका छन् ।

उनीहरुले निर्वाचन आयोग, भृकुटीमण्डपबाट चयन भएको नयाँ कार्यसमिति अनि सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मालाई पनि मुद्दामा विपक्षी बनाएका छन् ।

उनीहरूले पेस गरेको रिट निवेदनमाथि आगामी मंगलबार अर्थात प्रतिनिधिसभा प्रत्यक्षतर्फको मनोनयनको दिन प्रारम्भिक सुनुवाइको मिति तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?