+
+
Shares

दाङ–२ मा रास्वपा उम्मेदवारबारे विवाद, केन्द्रमा बुझाए हस्ताक्षर

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट बाँडफाँडलाई लिएर दाङ क्षेत्र नम्बर २ मा असन्तुष्टि देखिएको छ।
  • रास्वपाका स्थानीय नेताहरूले विपिनकुमार आचार्यलाई टिकट दिएर हस्ताक्षर क्याम्पेन गरेका छन्।
  • उनीहरूले दाङ २ मा सही, सक्षम र जित्ने सम्भावना भएका उम्मेदवार छनोट गर्न पार्टीलाई पत्र पठाएका छन्।

५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट बाँडफाँडलाई लिएर दाङ क्षेत्र नम्बर २ मा विवाद देखिएको छ ।

भूगोलमा काम गरेकोलाई भन्दा बाहिर केन्द्रमा रहेकालाई टिकट दिएको भन्दै क्षेत्रका रास्वपा नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । सोहीअनुसार उनीहरूले हस्ताक्षर क्याम्पेन पनि गरेका छन् ।

रास्वपाले दाङ–२ मा पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले टिकट पाएपछि स्थानीय कार्याकर्ताले असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरूले हस्ताक्षरसहित उम्मेदवार मान्य नहुने भन्दै पार्टीको निर्वाचन समितीका सदस्यहरूलाई पठाएका छन् ।

उम्मेदवार सिफारिस समितिले दाङ निर्वाचन क्षेत्र नं. २ बाट सही र भुइँतहमा काम गर्ने उम्मेदवार उठाउनुपर्ने भन्दै असन्तुष्टहरूले केन्द्रलाई पत्र पठाएका हुन् ।

विपिन यसअघि समानुपातिकको बन्दसूचीमा राखिएका थिए । पार्टी पदाधिकारी तथा छनोट समितिमै बसेका नेताले आफूलाई समानुपातिक सूचीमा राखेको भन्दै आलोचना भएपछि उनी समानुपातिकबाट पछि हटेका थिए ।

त्यसपछि आचार्य काठमाडौं २ बाट उम्मेदवार बन्ने प्रचार भएको थियो । साेमबार एकाएक दाङ २ को टिक आचार्यले पाएपछि रास्वपाका स्थानीय नेता-कार्यकर्ता असन्तुष्ट बनेका हुन् ।

पार्टीको उम्मेदवार सिफारिस समितिलाई सम्बोधन गर्दै पठाइएको पत्रमा फागुन २१ मा हुने संघीय संसद निर्वाचनका लागि दाङ २ मा प्राइमरी इलेक्सन नभएको सन्दर्भमा सही, सक्षम र जित्ने सम्भावना भएका उम्मेदवार छनोट गर्न जोड दिइएको छ ।

यसअघि एमाले महासचिव शंकर पोखरेलसँग प्रतिस्पर्धा गरेका उम्मेदवार ई. विशाल अधिकारीलाई अघि सार्न माग गर्दै उनीहरूले हस्ताक्षर अभियान नै चलाएका छन् ।

अधिकारी यसअघिको संघीय निर्वाचनमा घण्टी चुनाव चिह्न लिएर उठेका थिए । एमाले महासचिव शंकर पोखरेल र माओवादी केन्द्रकी नेत्री रेखा शर्मासँग प्रतिस्पर्धा गर्दै उनले १५ हजार ८६१ मत पाएका थिए । त्यसैले यो क्षेत्रमा अधिकारी नै प्रतिस्पर्धी उम्मेदवार हुने भन्दै क्षेत्रिय रास्वपा नेताहरूले आपत्ति जनाएका हुन् ।

पत्रमा चेतावनी दिँदै भनिएको छ, ‘अन्तिम समयमा जनताले नचिनेका र जनतामा नभिजेका नयाँ व्यक्ति उम्मेदवार बनेर आउँदा निर्वाचन हार्ने जोखिम देखिएको उम्मेदवार छनोट समितीलाई जानकारी गराउँदछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?