News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्ष तर्फको मनोनयन दर्ताको निर्धारित समय ६ माघमा सकिएको छ।
- निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कतिपय जिल्लामा रातिसम्म उम्मेदवारी दर्ता हुनेछ।
- २१ फागुनमा हुने निर्वाचनमा २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक तर्फबाट निर्वाचित हुनेछन्।
६ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्ष तर्फको मनोनयन दर्ताको निर्धारित समय सकिएको छ ।
तर, साँझ ५ गनेसम्म मुद्यय निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलय प्रवेश गरेकालाई असर नपर्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुुसार कतिपय जिल्लामा रातिसम्म उम्मेदवारी दर्ता हुनेछ ।
आगामी २१ फागुनको निर्वाचनका लागि आज देशभर मनोनयन भइराखेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् ।
समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आज भइराखेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4