+
+
Shares

३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार धेरै

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते १०:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रत्यक्ष तर्फबाट निर्वाचित हुने १६५ सदस्यका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ।
  • उम्मेदवारमध्ये महिलाको संख्या ३९५ र पुरुषको संख्या ३ हजार ८८ रहेको निर्वाचन आयोगले बताएको छ।
  • ६८ वटा दलले निर्वाचनमा उम्मेदवार उठाएका छन् र सबै उमेर समूहका उम्मेदवार छन्।

७ माघ, काठमाडौं । प्रत्यक्ष तर्फबाट निर्वाचित हुने १६५ सदस्यका लागि सिटका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार कुल उम्मेदवारमध्ये महिलाको संख्या ३९५ र पुरुषको संख्या ३ हजार ८८ रहेको छ ।

उमेरका दृष्टिमा ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार बढी छन् ।

निर्वाचन आयोगका अनुसार २५ देखि ३५ वर्ष उमेर समूहका उम्मेदवारको संख्या ५८३ छ । यो समूहमा महिलाको संख्या ६७ र पुरुष उम्मेदवारको संख्या ५१५ रहेको छ ।

३६ वर्षदेखि ५० वर्षसम्मको उमेर समूहका १ हजार ६१० जना उम्मेदवार रहेका छन् । यो समूहमा महिला उम्मेदवारको संख्या २३५ र पुरुष उम्मेदवारको संख्या १ हजार ३७५ जना रहेको छ ।

५१ देखि ६५ वर्षसम्मका उम्मेदवारको कुल संख्या १ हजार ९० रहेको छ । यो उमेर समूहमा महिलाको संख्या ९० छ भने पुरुष उम्मेदवारको संख्या १ हजार रहेको छ ।

६५ वर्ष माथिका उम्मेदवारको संख्या २०१ जना रहेको छ । यो उमेर समूहमा महिला उम्मेदवारको संख्या ३ र पुरुष उम्मेदवारको संख्या १९८ रहेको छ ।

निर्वाचन आयोगका अनुसार ६८ वटा दलले निर्वाचनमा उम्मेदवार उठाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?