७ माघ, सिरहा । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा १३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार भएको मनोनयन दर्तामा विभिन्न राजनीतिक दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारको संख्या पनि धेरै छ । विभिन्न राजनीतिक दलहरुबाट जम्मा ५४ जनाको उम्मेदवारी परेको छ भने स्वत्नत्र उम्मेदवारी ८५ जनाले दिएका छन् ।
सिरहाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार सिरहा-१ मा ३२ जना (स्वतन्त्र १८), सिरहा- २ मा २९ जना (स्वतन्त्र १५),सिरहा ३ मा ४१ जना (स्वतन्त्र २९) र सिरहा-४ मा ३७ जना (स्वतन्त्र २३) रहेका छन् ।
जिल्लाभर मतदानका लागि २२३ मतदान स्थल र ५३१ मतदान केन्द्र तोकिएका छन् । मतदाताको संख्या पुरुष २ लाख ४१ हजार ६१४, महिला २ लाख १२ हजार २८ र अन्य २ गरी कुल चार लाख ५३ हजार ६४५ रहेको छ ।
स्वतन्त्र उम्मेदवारको संख्या धेरै भएकोले यहाँको निर्वाचन थप रोचक बनेको छ । निर्वाचन निकायले सबै पक्षलाई निष्पक्ष र सुचारु निर्वाचनको लागि तयारीमा जुट्न निर्देशन दिएको छ ।
प्रतिक्रिया 4