+
+
Shares

सङ्खुवासभामा १६ जनाको उम्मेदवारी

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्खुवासभामा एक स्वतन्त्र सहित १६ जनाको उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए ।

भविन कार्की भविन कार्की
२०८२ माघ ६ गते २१:१०

६ माघ,सङ्खुवासभा । सङ्खुवासभामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक स्वतन्त्र सहित १६ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्खुवासभामा एक स्वतन्त्र सहित १६ जनाको उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्खुवासभामा कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा सहित विभिन्न दलको मनोनयन दर्ता गराएका हुन् ।

एक मात्र प्रतिनिधिसभा सदस्य एक मात्र क्षेत्र रहेको सङ्खुवासभामा एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेकपा एमालेबाट पूर्व राजदुत तथा हिमालयन आर्युवेद विश्वविद्यालयका अध्यक्ष समेत रहेका डा. अर्जुन कार्कीले मनोनयन दर्ता गराएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीबाट पूर्व प्रदेशसभा सदस्य सरिता थापा खड्का, नेपाली कांग्रेसबाट पूर्व सभापति तथा केन्द्रीय सदस्य दिपन कुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्यटन व्यवसायी मिङ्मा शेर्पा, नेकपा (माओवादी) बाट पुष्पबहादुर कोइराला, श्रम संस्कृति पार्टीबाट उमादेवी राई तथा राष्ट्रिय परिवर्तन पार्टीबाट घनश्याम राईको मनोनयन दर्ता गराएका छन् ।

स्वतन्त्रमा बासुदेव दाहाल, जनता समाजवादी पार्टी नेपालका भरत कुमार राई याख्खा, नेपाल जनमुक्ति पार्टीका केशरसिं राई, नेपाल मजदुर किसान पार्टीका राजकुमार लघु, मंगोल नेश्नल अर्गनाइजेसन देवेन्द्र कुमार घले रिल्ली र नेपाली जनसंस्कृतिक पार्टीका कृष्ण बहादुर राईले उम्मेदवारी दर्ता गराएका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रनमाया राई चाम्लिङ, राष्ट्रिय प्रजातन्त्र पार्टी पदम बहादुर तामाङ र राष्ट्रिय जनमोर्चा पार्टीका हेमकुमार गुरुङले उम्मेदवारी दिएका हुन् ।

प्रतिनिधिसभामा यस पटक सबै दलकामा नयाँ अनुहारका उम्मेदवार देखिएका छन् । जिल्लामा २२ वटा दल सक्रिय रहेका छन् । जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा एक सय नौ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?