+
+
Shares

केन्द्रीय सुरक्षा समिति बैठक : उम्मेदवारको सुरक्षा र दुई पक्षबीच झडप मुख्य चुनौती

गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारको सुरक्षा र दुई पक्षबीच हुनसक्ने झडपबारे छलफल गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते १७:३८

७ माघ, काठमाडौं । गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारको सुरक्षा र दुई पक्षबीच हुनसक्ने झडपबारे छलफल गरेको छ ।

गृहमन्त्री ओम प्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले यस्तो निष्कर्ष निकाल्दै थप सुरक्षा सजगता अपनाउनु पर्ने औंल्याएको छ । चुनाव नजिकिएसँगै उम्मेदवार लक्षित हुनसक्ने आक्रमणलाई चुनौतीको रुपमा लिइएको छ ।

त्यस्तै दुई पक्षबीच जम्काभेट हुँदा हुनसक्ने झडपलाई पनि सुरक्षा चुनौतीको रुपमा हेरिएको छ ।

अर्कोतर्फ साइबर सुरक्षालाई पनि चुनौतीको रुपमा लिइएको छ । सामाजिक सञ्जालमाफर्त हुनसक्ने आक्रमण तथा मिसइन्फरमेशनलाई अहिले चुनौतीको रुपमा लिएर छलफल भएको एक सुरक्षा अधिकारीले बताए ।

मन्त्रालयमा बसेको बैठकमा गृहसचिवका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचरका प्रमुख, नेपाली सेनाका प्रतिनिधिलगायतको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?