
७ असोज, काठमाडौं । गृह मन्त्रालय निर्वाचन ऐन संशोधनका लागि अध्यादेशको गृहकार्यमा जुटेको छ ।
यसअघि नै निर्वाचन आयोगले १६ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने अवस्थाका लागि प्रचलित व्यवस्थामा सुधारका लागि प्रस्ताव पठाएको छ । त्यसआधारमा गृह मन्त्रालयले निर्वाचन ऐनमा संशोधन गर्ने गरी अध्यादेश ल्याउने तयारी अगाडि बढाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई निर्वाचन आयोगले प्रस्ताव पठाएपछि त्यसमा छलफलगरेर सरकारले नै अगाडि बढाउन सक्दछ । ‘आयोगको प्रस्तावबारे केही जवाफ वा यसो गर्ने भयौं भन्ने जवाफ आएको छ’ भन्ने प्रश्नमा आयोगका प्रवक्ता भट्टराई भन्छन्, ‘आयोगले प्रस्ताव पठाएपछि सरकारले नै अगाडि बढाउने हो ।’
गृह मन्त्रालय स्रोतका अनुसार यसअघि बसेको मन्त्रिपरिषद्को बैठकमै निर्वाचन सम्बन्धी ऐन संशोधन अध्यादेश ल्याउने तयारी थियो । तर, विदेशमा रहेका नेपालीलाई समेत मताधिकार दिन सकिने विषयमा थप छलफल आवश्यक रहेको भनेर रोकिएको थियो ।
थप गृहकार्य गरेर निर्वाचन ऐन संशोधनका लागि अध्यादेश ल्याउने गृह मन्त्रालयको तयारी छ । यसमो गृहकार्यमा गृह मन्त्रालय रहेको छ ।
प्रतिक्रिया 4