+
+
WC Series
Nepal Women
138/7 (20)
VS
Netherlands won by 2 runs
Won Netherlands Women
140/5 (20)
Shares

फागुन पहिलो हप्ताभित्रै मतपत्र निर्वाचन क्षेत्रमा पुर्‍याइने

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुराइसक्ने जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १४:५१

८ माघ, काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुराइसक्ने जनाएको छ ।

माघ ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले माघभित्र प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न गरेर फागुनको पहिलो हप्ताभित्र सवै स्थानमा मतपत्र पुराइसक्ने बताए ।

त्यस्तै समानुपातिकतर्फ डेड करोड मतपत्र छपाइ भइसकेको र बाँकी ५० लाख मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको उहाले जानकारी दिए ।

उहाले निर्वाचनका लागि ५१ मध्ये ३७ वटा सामाग्री सम्बन्धीत जिल्लामा नै खरिद गर्ने व्यवस्था गरिएको बताए ।

बाँकी रहेका १४ वटा सामाग्रीहरु माघ महिनाको तेश्रो हप्ताभित्र प्राप्त गर्ने र खण्ड खण्ड बनाएर ढुवानी गरिने उनको भनाइ छ ।

उनले गलत सूचना नियमन गर्न निरन्तर आयोगले काम गरिरहेको र नियमनकारी निकायसँग सहकार्य गरेर कारवाहीको दायरा ल्याउने काम भएको उल्लेख गरे ।

निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको नामावली प्रकाशन गरेपछि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तीन हजार ४ सय ८७ को उम्मेदवारी दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?