+
+
Shares

हातहतियार बुझाउन डोल्पा प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय डोल्पाले हातहतियार बुझाउन आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १५:५१

८ माघ, डोल्पा । जिल्ला प्रशासन कार्यालय डोल्पाले हातहतियार बुझाउन आग्रह गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गराउन जिल्लाभित्र रहेका हातहतियार बुझाउन आग्रह गरेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाभित्र इजाजत प्राप्त हातहतियार तथा खरखजाना २०८२ साल माघ १५ गतेभित्र जिल्ला प्रहरी कार्यालय डोल्पा वा नजिकैको प्रहरी चौकीमा बुझाउन आग्रह गरेको हो।

निर्वाचनको समयमा सम्भावित सुरक्षा जोखिम न्यूनीकरण गर्न यस्तो व्यवस्था गरिएको र सूचनाको अवज्ञा गरी हातहतियार नबुझाएमा हातहतियार खरखजाना ऐन, २०१९ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गरिने

डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलले जानकारी दिए। आगामी निर्वाचनलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन सबै सरोकारवाला सबैको सहयोग आवश्यक रहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले तोकिएको समयसीमाभित्र सम्बन्धित सबैले हातहतियार बुझाउनसमेत आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?