+
+
Shares

राष्ट्रपति पौडेलले गरे वसन्त श्रवण

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते ११:४४

९ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गरेका छन् ।

यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी ) को अवसरमा शुक्रवार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा पौडेलले वसन्त श्रवण गरेका हुन् ।

सो अवसरमा हनुमानढोका हेरचाह अडडाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरे ।

सो अवसरमा राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेका थिए भने नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।

समारोहमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखसहित विशिष्ट महानुभावहरूको उपस्थिति थियो ।

वसन्त पञ्चमीका अवसरमामा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिने प्रचलन छ । यस अवसरमा वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?