+
+
Shares

‘मिसेस वर्ल्ड’ मा प्रतिस्पर्धा गर्न अमेरिका उडिन् सञ्जु

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १२:०६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिसेस नेपाल इन्टरनेसनल सञ्जु भट्ट 'मिसेस वर्ल्ड २०२६' मा भाग लिन अमेरिका प्रस्थान गरेकी छन्।
  • प्रतियोगिता २७ जनवरीदेखि लस-भेगास, नेभाडामा सुरु हुँदैछ र ग्रान्ड फिनाले २९ जनवरीमा हुनेछ।
  • भट्टले उपाधि विजेता रक्षा पन्तको ठाउँमा प्रतिनिधित्व गर्दै राष्ट्रिय पोशाक र ककटेल ड्रेस डिजाइनरहरूले तयार पारेका छन्।

काठमाडौं । ‘मिसेस वर्ल्ड २०२६’ मा भाग लिन ‘मिसेस नेपाल इन्टरनेसनल’ सञ्जु भट्ट अमेरिका उडेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रिबन इन्टरटेनमेन्टका पदाधिकारीले बिदाइ गरे ।

२७ जनवरीदेखि अमेरिकाको लस-भेगासस्थित नेभाडामा प्रतियोगिता सुरु हुँदैछ । ग्रान्ड फिनाले चाहिँ २९ जनवरीमा हुनेछ । ‘मिसेस वर्ल्ड’ विवाहित महिलाको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता हो ।

अमेरिकातर्फ प्रस्थान गर्नुअघि अनलाइनखबरसँग कुरा गर्दै भट्टले मुलुकलाई जिताउन आफूले सक्दो प्रयास गर्ने बताइन् । उपाधि विजेता रक्षा पन्तको ठाउँमा उपविजेता भट्टले मुलुकको प्रतिनिधित्व गर्न लागेकी हुन् ।

२२ पुसमा आयोजित पत्रकार सम्मेलनमा विशेष कारणवश पन्त जान नपाउने र भट्टले सहभागिता जनाउने घोषणा गरिएको थियो । ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को विजेता भने पन्त हुन् ।

अमेरिका उड्नुअघि विमानस्थलमा पन्तले राष्ट्रिय झण्डा प्रदर्शन गर्दै उत्कृष्ट कोसिस गर्ने बताइन् । प्रतियोगितामा भट्टले प्रस्तुत गर्ने राष्ट्रिय पोशाक इन्स्टिच्युट अफ इन्टरनेसनल फेसन टेक्नोलोजीका डिजाइनरद्धय प्रतीक गुरुङ र दीक्षा ढकालले तयार पारेका हुन् । ककटेल ड्रेस भने सेन्ट्रल फेसन स्कूलकी डिजाइनर सायरा भुजेलद्वारा तयार पारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?