News Summary
Generated by OK AI. Editorially reviewed.- सञ्जु भट्टले अमेरिकाको लस-भेगासमा हुने मिसेस वर्ल्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्।
- रक्षा पन्त व्यक्तिगत तथा व्यवसायिक प्रतिबद्धताको कारण अमेरिका जान असमर्थ भएकाले भट्टले उपाधि विजेताको ठाउँमा प्रतिनिधित्व गर्ने बताइएको छ।
- भट्टले व्यक्तित्व विकास, र्याम्प वाक, पब्लिक स्पिकिङ, फिटनेस र यूमिडसम्बन्धी प्रशिक्षण लिइरहेकी छन् र प्रतियोगिता जनवरी २७ देखि सुरु हुनेछ।
काठमाडौं । अमेरिकाको लस-भेगासमा हुने विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड २०२६’ मा नेपालको प्रतिनिधित्व सञ्जु भट्टले गर्ने भएकी छन् । आयोजक संस्था रिबन इन्टरनेटमेन्टले मंगलबार प्रेसमिट गर्दै यसबारे जानकारी दिएको हो ।
उपाधि विजेता रक्षा पन्तको ठाउँमा भट्टले प्रतिनिधित्व गर्ने जनाइएको हो । चर्चित अभिनेत्री सुरक्षा पन्तकी बहिनी समेत रहेकी रक्षाले व्यक्तिगत तथा व्यवसायिक प्रतिबद्धताको कारण अमेरिका जान असमर्थ भएको दाबी प्रेसमिटमा गरिएको थियो ।
रक्षा र सञ्जु एकसाथ प्रेसमिटमा सहभागी थिए । ३० कात्तिकमा आयोजित ग्रान्ड फिनालेमा पन्तले ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि जितेकी थिइन् । भट्टलाई ‘मिसेस नेपाल इन्टरनेसनल’ घोषित गरिएको थियो ।
मिसेस नेपाल इन्टरनेसनल विजेताले सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ मा भाग लिने उक्त अवसरमा बताइएको थियो ।
भट्टको आत्मविश्वास, व्यक्तित्व, सामाजिक चेतना तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान प्रस्तुत गर्ने क्षमताका आधारमा उनलाई मिसेस वल्र्डमा प्रतिनिधित्व गराउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगिताको तयारीस्वरूप भट्टले व्यक्तित्व विकास, र्याम्प वाक, पब्लिक स्पिकिङ, फिटनेस र यूमिडसम्बन्धी प्रशिक्षण लिइरहेकी छन् । नेसनल कस्ट्युमको डिजाइनलाई आईआईएफटी नेपालले डिजाइन गरिरहेको छ ।
‘मिसेस वर्ल्ड २०२६’ को २७ जनवरीदेखि सुरु हुनेछ । ग्रान्ड फिनाले २९ जनवरीलाई तय छ । लस भेगासको वेस्ट-गेट रिसोर्ट एन्ड क्यासिनोमा कार्यक्रम हुनेछ ।
प्रतिक्रिया 4