+
+
Shares

‘धुरन्धर’ बन्यो अहिलेसम्म धेरै कमाउने हिन्दी फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १२:११
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रणवीर सिंह स्टारर 'धुरन्धर' ले ३३ दिनमा भारतमा ७४१ करोड भारु नेट कमाएर सर्वकालिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ।
  • 'धुरन्धर' ले 'पुष्पा २' को ७३८ करोड भारु नेट कमाइको रेकर्ड उछिनेको छ र छैटौं सातामा ७५० करोड भारु नेट कमाउने अपेक्षा गरिएको छ।
  • 'धुरन्धर' कोभिड महामारीपछि थिएटरमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ र यसका ३.२५ करोड टिकट बिक्री भइसकेका छन्।

काठमाडौं । रणवीर सिंह स्टारर ‘धुरन्धर’ ले सर्वाधिक कमाउने हिन्दी फिल्मको रुपमा कीर्तिमान रचेको छ । यसअघि धेरै कमाउने हिन्दी फिल्मको रेकर्ड वास्तवमै हिन्दी फिल्मसँग थिएन ।

दक्षिण भारतका फिल्मलाई हिन्दीमा स्वरांकन गरिएका फिल्मले यो स्थान कब्जा गरिरहेका थिए । सन् २०१७ देखि ‘बाहुबली : द कन्क्लुजन’ को हिन्दी संस्करणले यो रेकर्ड राखेको थियो । त्यसपछि ‘पुष्पा २’ को हिन्दी संस्करणले रेकर्ड रच्यो ।

बीचमा पठान, गदर २, जवान र स्त्री २ ले उछाल कमाइ गरे । यी फिल्मले नेट कमाइमा रेकर्ड राखे तर, कर न्यून भएको कारणले यी फिल्मको वास्तविक कमाइ पनि न्यून रह्यो ।

बुधबार इतिहास बदलियो ।

‘धुरन्धर’ ले पाँचौ मंगलबार भारतीय बक्सअफिसमा ४.२५ करोड भारु कमाइ गर्‍यो । यो सँगै आदित्य धर निर्देशित फिल्म भारतीय बक्सअफिसमा सर्वकालिन धेरै कमाउने हिन्दी फिल्म बन्यो ।

प्रदर्शनको ३३ दिनमा फिल्मले भारतमा मात्र ७४१ करोड भारु नेट (८९३ करोड भारु) कमाएको छ । ‘पुष्पा २’ को ७३८ करोड नेट (८९२ करोड भारु ग्रस) लाई ‘धुरन्धर’ ले उछिनेको छ ।

‘धुरन्धर’ ले छैटौं सातामा ७५० करोड नेट कमाइ गर्नेछ । फिल्मको कमाइ ७७५ करोड नेटमा समेटिन सक्छ । यो फिल्मलाई ८०० करोड नेट कमाउन मुस्किल पर्न सक्ने देखिन्छ ।

‘धुरन्धर’ कोभिड महामारीपछि थिएटरमा सबैभन्दा धेरै कमाउने फिल्म समेत बनेको छ । यसका ३.२५ करोड वटा टिकट बिकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?