+
+
Shares

कामना सेवा विकास बैंकले कास्कीको लक्ष्मी आधारभूत विद्यालयलाई दियो शैक्षिक सामग्री

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते ११:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कामना सेवा विकास बैंकले कास्कीको अन्नपूर्ण ३ स्थित लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ।
  • बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालयका प्रधानाध्यापक तारानाथ पौडेललाई सामग्री हस्तान्तरण गरे।
  • प्रधानाध्यापक पौडेलले बैंकको सहयोगले गरिब र विपन्न विद्यार्थीहरूको अध्ययनमा थप प्रेरणा मिल्ने बताउनुभयो।

२३ पुस, काठमाडौं । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कास्कीको अन्नपूर्ण ३ स्थित लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालयका प्रधानाध्यापक तारानाथ पौडेललाई स्टेसनरी तथा शैक्षिक सामग्री हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा बोल्दै प्रधानाध्यापक पौडेलले सामाजिक, आर्थिक रूपले पिछडिएका तथा गरिब र विपन्न वर्गका विद्यार्थीहरूको शैक्षिक पहुँचमा बैंकले गरेको सहयोगले सकारात्मक प्रभाव पार्ने बताए । उनले बैंकद्वारा गरिएको सहयोगले विद्यार्थीहरूको अध्ययनमा थप प्रेरणा मिल्ने बताए ।

उक्त कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?