News Summary
Generated by OK AI. Editorially reviewed.- कामना सेवा विकास बैंकले वार्षिकोत्सवको अवसरमा १८ वर्षसम्मका बालबालिकाका लागि 'अल्फा ग्रो' नामक नयाँ निक्षेप योजना ल्याएको छ।
- बैंकले उक्त योजनामा खातावालाको ५० हजार रुपैयाँसम्मको जीवन बीमा प्रिमियम १८ वर्ष नपुग्दासम्म भुक्तानी गर्ने जनाएको छ।
- वार्षिकोत्सवमा बैंकले देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरी ४२९ पिन्ट रगत संकलन गरेको र फुटलस कप प्रतियोगिता आयोजना गरेको छ।
२७ कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले वार्षिकोत्सवको अवसर पारेर नयाँ निक्षेप योजना ल्याएको छ ।
‘अल्फा ग्रो’ नामक यस योजनाको खाता १८ वर्षसम्मका बालबालिकाहरुलाई लक्षित गरिएको हो । यस खाता योजनामा ग्राहकलाई बैंकले आकर्षक खुत्रुके उपलब्ध गराउने र खातावालाको ५० हजार रुपैयाँसम्मको जीवन बीमा बैंकले गरिदिने छ ।
उक्त जीवन बीमाको प्रिमियम खातावाला १८ वर्ष नपुग्दासम्म बैंकले नै भुक्तानी गर्ने छ । ‘यसले बालबालिकाको भविष्यलाई सुरक्षित र दिगो बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ’ बैंकले एक विज्ञप्तिमार्फत भनेको छ ।
वार्षिकोत्सवका अवसरमा बैंकले विभिन्न कार्यक्रम गरेको छ । कात्तिक २७ गते बिहीबार देशव्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय कार्यालयसहित सम्पूर्ण क्षेत्रीय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमबाट कुल ४२९ पिन्ट रगत संकलन भएको छ ।
बैंकले वार्षिकोत्सवको अवसरमा अन्तर बैंक तथा वित्तीय संस्थास्तरीय फुटलस कप (पाँचौ संस्करण) पनि आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ बैंक र महिला तर्फ लुम्बिनी विकास बैंक विजयी भएको थियो ।
१९ औं वार्षिकोत्सवकै अवसरमा बैंकको अमरसिंह शाखाले अमरसिंह उच्च मावि र पोखरा न्युरोड शाखाले पार्दी माविमा वित्तीय साक्षरता कार्यक्रम समेत सम्पन्न गरेका छन् ।
प्रतिक्रिया 4