+
+
Shares

कामना सेवा विकास बैंकका ग्राहकलाई होटल सब्रिनामा १० प्रतिशत छुट

सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकले एकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कामना सेवा विकास बैंकले काठमाडौं बूढानीलकण्ठस्थित होटल सब्रिनासँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ।
  • सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकले एकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट पाउनेछन्।
  • सम्झौतामा बैंकका मार्केटिङ प्रमुख पर्मा ढुंगेल र होटलका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरेका छन्।

३० कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं बूढानीलकण्ठस्थित होटल सब्रिनासँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकले एकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकले बैंकसँग आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

उक्त छुट सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुंगेल र होटलका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?