+
+
Shares

फिल्म ‘रोल नम्बर १’ को प्रदर्शन मिति तय

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कथानक फिल्म ‘रोल नम्बर १’ को प्रदर्शन मिति १५ जेठ २०८३ मा तय गरिएको छ।
  • निर्माता विनोद पौडेलका अनुसार यो फिल्म स्वदेशसहित विदेशमा पनि रिलिज हुनेछ।
  • फिल्म म्याग्दीका रमणीय तथा ग्रामीण भेगमा खिचिएको छ र बाल मनोविज्ञानमा आधारित छ।

काठमाडौं । कथानक फिल्म ‘रोल नम्बर १’ को प्रदर्शन मिति घोषणा गरिएको छ । वसन्तपञ्चमीको अवसरमा निर्माताले शुक्रबार प्रदर्शन मिति तय गरेका हुन् ।

जसअनुसार, यो फिल्म १५ जेठ, २०८३ मा हदमा प्रदर्शनमा आउनेछ ।

फिल्मका बालकलाकार अध्ययन गर्ने ‘पथिक ज्ञान निकेतन’ विद्यालयमा पुगेर सरस्वती पूजाको अवसरमा निर्माण टिमले रिलिज मिति सार्वजनिक गरेको हो ।

निर्माता विनोद पौडेलका अनुसार यो फिल्म उक्त मितिमा स्वदेशसहित विदेशमा पनि रिलिज हुनेछ । म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा फिल्म खिचिएको छ ।

जोन योञ्जन निर्देशित फिल्म बाल मनोविज्ञानमा आधारित छ । महेश दवाडीको पटकथा रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारीको अभिनय छ ।

बालकलाकारमा निर्भिक रेग्मी, रिञ्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ छन् । विनोद पौडेल र गुञ्जन गिरी निर्माता हुन् । रमेश चौलागाईं कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?