९ माघ, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको एकमात्र ध्येय देशको समुन्नति रहेको बताएका छन् ।
केन्द्रीय कार्यालयमा पद बहाल गरेपछि माइन्युटमा प्रतिबद्धता लेख्दै आफ्नो एकमात्र ध्यये देशको समुन्नति रहेको बताएका हुन् ।
‘बदल्यौं कांग्रेस, बदल्छौं देश,’ सभापति थापाले माइन्युटमा रहेको छन्, ‘यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति ।’
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि थापाले शुक्रबार पहिलो पटक केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक डाकेका छन् ।
बैठकअघि उनीसहित पदाधिकारीहरूले पदभार ग्रहण गरेका थिए । शुक्रबारको जारी बैठकले सभापति थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने बताइएको छ ।
प्रतिक्रिया 4