+
+
Shares

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न कांग्रेस बैठकमा विश्वप्रकाशको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १५:३४

९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव पेश भएको छ ।

उपसभापति विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका हुन् ।

उनले विभिन्न बुँदामा सबैभन्दा उपयुक्त उम्मेदवार गगन नै किन ? भनेर समेत बैठकमा बुँदागत रुपमा पेश गरेका हुन् ।

मुलुकको विशिष्ट परिस्थितिको मागलाई सहि ढंगले सम्बोधन गर्ने जमर्कोको रुपमा लिन उनले बैठकमा आग्रह गरेका छन् ।

‘केन्द्रीय कार्यसमितिका सबै आदरणीय साथीहरूलाई सभापति श्री गगन थापालाई आगामी निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट  प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने प्रस्ताव पारित गरिदिनुहुन अनुरोध गर्दछु,’ बैठकमा शर्माले प्रस्ताव अघि सार्दै भनेका छन् ।

उनले प्रस्तावमा गगनले परिवर्तित समय र स्वरलाई ’डाइनामिक ढंगलेझ नेतृत्व गर्नसक्ने विश्वास समेत व्यक्त गरेका छन् ।

‘जुझारु बिद्रोही छवि मात्रै होईन, प्रतिकुल समयमा संयम राखेर विषयवस्तुलाई परिपक्व ढंगले हल गर्नसक्ने क्षमता पनि छ गगन थापासँग,’ विश्वप्रकाशले भनेका छन्, ‘उत्तेजना र आवेगको राजनीति न त सुसंस्कृत हो न दिर्घजिवी ।’

संयम भाव र सौम्य प्रवृत्तिलाई अघि लगाउनुपर्ने सामर्थथ्य गगन थापासँग रहेको पनि उनको भनाइ छ ।

‘यो समग्र अठोटको बलियो कमान्ड प्रधानमन्त्रीका रुपमा हाम्रो सभापतिबाट हुनसक्छ भन्नेमा हामी दृढ ढंगले प्रष्ट छौं,’ शर्माले आफ्नो प्रस्तावमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?