+
+
Shares

प्रथम राष्ट्रिय बाली प्रजनन सम्मेलन सकियो, डा. अमगाईंको नेतृत्वमा नयाँ कार्यसमिति

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले उद्घाटन गरेको सम्मेलनमा ३२ कार्यपत्र र ३६ पोस्टर प्रस्तुत गरिएका थिए । 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कृषि अनुसन्धान परिषद् र बाली प्रजनन तथा अनुवंश समाज नेपालको संयुक्त आयोजनामा प्रथम राष्ट्रिय बाली प्रजनन, अनुवंश र बिउ विज्ञान सम्मेलन सम्पन्न भएको छ।
  • सम्मेलनमा ३२ कार्यपत्र र ३६ पोस्टर प्रस्तुत गरिएका थिए र नयाँ कार्यसमिति चयन गरिएको छ जसको अध्यक्षमा डा. रेशमबाबु अमगाईं निर्वाचित भएका छन्।
  • सम्मेलनले बाली प्रजनन क्षेत्रमा प्रगति समीक्षा गर्दै आगामी नीतिगत दिशाबारे मार्गनिर्देश गरेको छ र विभिन्न व्यक्तित्वलाई पुरस्कार प्रदान गरिएको छ।

९ माघ, काठमाडौं । ‘प्रथम राष्ट्रिय बाली प्रजनन, अनुवंश र बिउ विज्ञान सम्मेलन’ सकिएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र बाली प्रजनन तथा अनुवंश समाज नेपाल (पिबाग्सन) को संयुक्त आयोजनामा उक्त सम्मेलन भएको हो ।

सम्मेलनमा जिन बैंक, लिबर्ड र अक्सफाम लगायत संस्थाले सहआयोजक थिए । ६ माघमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले उद्घाटन गरेको सम्मेलनमा ३२ कार्यपत्र र ३६ पोस्टर प्रस्तुत गरिएका थिए ।

सम्मेलनले बाली प्रजनन र बिउबिजन क्षेत्रमा हालसम्म भएका प्रगति समीक्षा गर्दै आगामी दिनमा राज्यले अवलम्बन गर्नुपर्ने नीतिगत दिशाबारे स्पष्ट मार्गनिर्देश गरेको जनाइएको छ ।

सम्मेलनले बाली प्रजनन तथा अनुवंश समाज नेपाल (पिबाग्सन) को नयाँ कार्यसमिति समेत चयन गरेको छ । समिति अध्यक्षमा डा. रेशमबाबु अमगाईं निर्वाचित भएका छन् ।

यस्तै उपाध्यक्षमा सुशीलराज सुवेदी, सचिवमा डा. उज्ज्वलकुमारसिंह कुशवाह र कोषाध्यक्षमा डा. पल्लवीकुमारी सिंह चयन भएका छन् । सदस्यमा डा. शान्ता कार्की, डा. नवीन भुसाल, डा. बालकुमारी ओलिया, विष्णुप्रसाद कँडेल र कृष्ण ढकाल छन् ।

सम्मेलनका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई पुरस्कृत गरिएको छ । कृषि तथा वन विश्वविद्यालयकी विद्यार्थी प्रशंसा पाण्डेलाई ‘उदीयमान प्रतिभा पुरस्कार’ प्रदान गरियो ।

यस्तै उत्कृष्ट सेवा पहिचान पुरस्कारबाट डा. उज्ज्वलकुमारसिंह कुशवाह र कृष्ण ढकाल सम्मानित भए ।

विद्यार्थीतर्फ उत्कृष्ट मौखिक प्रस्तुति पुरस्कार प्रजिता देवकोटा र उत्कृष्ट पोस्टर प्रस्तुति पुरस्कार आस्था ढकालले प्राप्त गरे । बाली प्रजनन क्षेत्रका अग्रज भरत अधिकारीलाई विशेष सम्मान गरिएको थियो ।

त्यसैगरी नेपाली लोकगीतमा कृषि जैविक विविधताका प्रतिविम्ब विषयमा विशिष्ट अनुसन्धान गरेबापत राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र प्रमुख एवं वरिष्ठ वैज्ञानिक डा. कालिकाप्रसाद उपाध्यायलाई विशेष सम्मान प्रदान गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?