१० माघ, पोखरा । मुस्ताङमा पनि शुक्रदेखि नै हिमपात भएको छ । शुक्रबारदेखि नै छुसाङदेखि माथि उपल्लो मुस्ताङमा हातपात परिरहेको छ ।
कागबेनी, छुसाङ आसपास पनि हिउँ परेको तर उपल्लो मुस्ताङमा बाक्लो हिउँ परेकाले घुम्न गएको टोली पनि फर्किएको नमस्ते टुर्स एन्ड ट्राभल्सका सुदीप आचार्यले जानकारी दिए ।
दशैंताका पनि मुस्ताङलगायतका क्षेत्रमा हिमपातले जनजीवन प्रभावित बनेको थियो । उपल्लो मुस्ताङमा त्यसपछि बल्ल अहिले हिमपात परेको मुस्ताङ प्रहरीले जनाएको छ ।
हिमपातका कारण चुनावी कार्यक्रमसमेत प्रभावित पार्न सक्ने सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । फागुन २१ गते हुने चुनाव पछि सार्नुपर्ने बहससमेत भइरहेको भए पनि निर्वाचन कार्यालयले पनि तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4