+
इंग्लिस प्रिमियर लिग :

शीर्षस्थानको आर्सनललाई पछ्याउँदै सिटी, लिभरपुल बर्नमाउथसँग पराजित

२०८२ माघ  ११ गते ८:०६ २०८२ माघ ११ गते ८:०६
शीर्षस्थानको आर्सनललाई पछ्याउँदै सिटी, लिभरपुल बर्नमाउथसँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले घरेलु मैदानमा वुल्भ्सलाई २-० ले हराएको छ।
  • सिटीका ओमर मारमाउश र एन्टोइन सेमेन्योले क्रमशः पाँचौं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए।
  • लिगअन्तर्गत लिभरपुल एएफसी बर्नमाउथसँग ३-२ गोलअन्तरले पराजित भएको छ र बर्नमाउथका अमिने अडिलीले इन्जुरी समयमा निर्णायक गोल गरेका थिए।

११ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले जित हासिल गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा सिटीले वुल्भ्सलाई २-० ले हराएको हो । सिटीको जितमा ओमर मारमाउश र एन्टोइन सेमेन्योले १-१ गोल गरे ।

खेलको पाँचौं मिनेटमा नै मारमाउशको गोलमार्फत सिटीले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा सेमेन्योले गोल गर्दै अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा थप गोल भएनन् र सिटी २-० ले विजयी भयो । सिटीले एर्लिङ हालान्ड र फील फोडेनलाई पहिलो रोजाइमा खेलाएको थिएन । उनीहरू दोस्रो हाफको उत्तरार्द्धमा मैदान प्रवेश गरेका थिए ।

जितपछि सिटीको २३ खेलमा ४६ अंक भएको छ । एक खेल कम खेलेको शीर्षस्थानको आर्सनलको ५० अंक छ ।

पराजित वुल्भ्स ८ अंकसहित लिगको पुछारमा छ ।

बर्नमाउथसँग लिभरपुलको हार

लिगअन्तर्गत गएराति नै भएको अर्को खेलमा लिभरपुल पराजित भएको छ । लिभरपुल एएफसी बर्नमाउथसँग ३-२ गोलअन्तरले पराजित भएको हो ।

बर्नमाउथको जितमा इभालिन्सन, एलेक्स जिमेनेज र अमिने अडिलीले १-१ गोल गरे । लिभरपुलका लागि भर्जिल भान डाइक र डोमिनिक सोबोस्लाइले १-१ गोल गरे ।

२-२ को बराबरी भइरहेको अवस्थामा बर्नमाउथका अदिलीले इन्जुरी समयमा गोल गर्दै जित दिलाए ।

इंग्लिस प्रिमियर लिग बर्नमाउथ म्यान्चेस्टर सिटी लिभरपुल वुल्भ्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय