+
+
Shares

फेक रेस्क्यूको उजुरी अझै आइरहेको छ : सीआईबी प्रमुख मनोज केसी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख मनोज केसीले पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा अहिले पनि फेक रेस्क्यू भएको उजुरी आउनेक्रम जारी रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १७:२६

११ माघ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख मनोज केसीले पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा अहिले पनि फेक रेस्क्यू भएको उजुरी आउनेक्रम जारी रहेको बताएका छन् । फेक रेस्क्यूबारे भएको अनुसन्धानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा केसीले यसबारे जानकारी गराएका हुन् ।

‘विशेष गरी उच्चहिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकोबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको खबरलाई लिएर सीआईबीले अनुसन्धान सुरु गरेको थियो,’ उनले भने, ‘सुरुमा आर्थिक हिसाबकिताब मात्रै थियो भन्ने थियो सघनरुपमा साढे २ महिनाको अनुसन्धान गर्दा यसका धेरै पाटाहरू खुलेका छन् । छुट्टै कार्यदल बनाएर हामीले काम गर्‍यौँ ।’

विभिन्न विदेशी सञ्चारमाध्यमले ३५ प्रतिशत उद्धार नक्कली हो भन्ने आयो । रेस्क्यूबाहेक अन्य हिसाबले पनि हेलिकप्टर उड्छन् भन्ने आ‍यो । पर्यटनमन्त्रालले पनि छुट्टै समिति बनाएर अनुसन्धान गरेको थियो,’ उनले थप भने, ‘०८२ असोजमा हामीलाई थप उजुरी आएको थियो । अहिले पनि नक्कली उद्धार भइरहेको छ भनेर उजुरी आइरहेको छ ।

‘एउटै रेस्क्युमा पनि धेरै क्लेम गरेको, नक्कली बिलहरू बनाएको कुरा पनि आयो । चार्टर फ्लाइटलाई रेस्क्यूमा कन्भर्ट गरिएको उल्लेख गरेको थियो ।हेलिकप्टरसँगै प्राइभेट अस्पतालबाट यसखाले गतिविधि हुने गरेको देखियो । हेलिकप्टर उडान रेस्क्यूको नाममा अस्वभाविक देखियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?