+
+
Shares

नेपाली नागरिकलाई भारतमा क्यूआर भुक्तानी सहजीकरण गरिने 

राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेल र आरबीआईका गभर्नर सञ्जय मलहोत्राबीच भेटवार्तामा यस्तो छलफल भएको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाले नेपालीलाई भारतमा क्यूआर भुक्तानी सहजीकरण गर्ने सहमति गरेका छन्।
  • राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेल र आरबीआई गभर्नर सञ्जय मलहोत्राबीच अन्तरदेशीय विद्युतीय भुक्तानी र दुई पक्षीय हितमा छलफल भएको छ।
  • गभर्नर पौडेलले गुजरात अहमदाबादस्थित इन्टरनेसनल फाइनान्सियल सर्भिस सेन्टर्स अथोरिटीका अधिकारीहरूसँग भेटवार्ता गरी लगानी प्रवर्द्धन र सहकार्य विषयमा छलफल गरेका छन्।

१२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले नेपालीलाई भारतमा क्यूआर भुक्तानी सहजीकरण गर्ने भएका छन् ।

राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेल र आरबीआईका गभर्नर सञ्जय मलहोत्राबीच भेटवार्तामा यस्तो छलफल भएको हो ।

छलफलमा अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबार र दुई पक्षीय हित विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ । दुई गभर्नरबीच नेपाली नागरिकले भारत भ्रमण क्रममा क्यूआर कोडमार्पmत हुने भुक्तानी सहजीकरण गर्ने विषयमा छलफल केन्द्रित थियो ।

त्यस्तै मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापन, आर्टिफिसियल इन्टिलिजेन्स (एआई) आधारित सुपरिवेक्षण, सूचना प्रविधि क्षेत्रमा आरबीआईले गरेका असल नीतिगत अभ्यासबारे छलफल भएको केन्द्रीय बैंकले जनाएको छ ।

वित्तीय क्षेत्रका उदीयमान र समसामयिक मामिलामा पनि दुई पक्षीय सहयोग आदान–प्रदान गर्नेबारे छलफल भएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक किरण पण्डित, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले विभागका काम कारबाहीसँग सम्बन्धित विभिन्न विषयमा आरबीआईसँग सहकार्य गर्न सकिने विचार राखेका थिए ।

भारत भ्रमण क्रममा गभर्नर पौडेलले ६ माघमा गुजरात अहमदाबादस्थित ‘इन्टरनेसनल फाइनान्सियल सर्भिस सेन्टर्स अथोरिटी’ का उच्च अधिकारीहरूसँग समेत भेटवार्ता गरेका थिए ।

भेटका अवसरमा ‘गुजरात इन्टरनेसनल फाइनान्स टेक–सिटी गिफ्ट’ अवधारणा, हालको अवस्था, लगानी प्रवर्द्धनका लागि अवलम्बन गरिएका नीति र राष्ट्र बैंकसँग सहकार्य गर्न सकिने विषयमा छलफल भएको केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?