१२ माघ, काठमाडौं । अबदेखि हिंसालाई प्रसय दिने प्रकारका अभिव्यक्ति नदिने भन्दै कागज गरेर प्रहरीको साइबर ब्यूरोबाट स्वागत नेपाल (भद्रप्रसाद नेपाल) छुटेका छन् ।
झापा घर भएका ५० वर्षीय नेपालले लोक आवाज नेपालको युट्युब च्यानलमा हिंसा फैलाउने प्रकारको अभिव्यक्ति दिएका थिए । झापा क्षेत्र नम्बर २ मा राप्रपाकाबाट उम्मेदवार समेत रहेका उनले पृथ्वी नारायण शाहको विरोध गर्नेलाई ‘काट्न तयार छु’ भन्दै अभिव्यक्ति दिएका थिए ।
यही प्रकरणमा साइबर ब्यूरोले उनलाई भोटाहिटीस्थित कार्यालयमा उपस्थित गराएको थियो । सो क्रममा उनले अबदेखि यस्ता अभिव्यक्ति नदिने र कानूनको पालना गर्ने भन्दै कागज गरेर छुटेको ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4