+
+
Shares

रोल्पामा १ दर्जन मतदानस्थल अति संवेदनशील

सुर्य प्रकाश बुढा मगर सुर्य प्रकाश बुढा मगर
२०८२ माघ १४ गते १६:३४

१४ माघ, रोल्पा । रोल्पामा निर्वाचन सुरक्षाका दृष्टिकोणले १ दर्जन मतदानस्थल अति संवेदनशील मानिएको छ ।

रोल्पामा फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि १ दर्जन मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । थवाङ, परिवर्तन, सुनछहरी, गंगादेव र रुन्टीगढी गाउँपालिकामा रहेका कतिपय मतदानस्थललाई उच्च प्राथमिकता दिँदै अति संवेदनशील मानिएको हो ।

निर्वाचन सुरक्षाका दृष्टिकोणले थवाङ, परिवर्तन, सुनछ्हरी, गंगादेव र रुन्टीगढी गाउँपालिकामा रहेका कतिपय मतदानस्थल तथा मतदान केन्द्रलाई उच्च प्राथमिकता दिँदै अति संवेदनशील मानिएको हो ।

‘ती पालिकामा रहेका कतिपय मतदानस्थल र मतदान केन्द्रलाई बढी सुरक्षित बनाउन र उच्च प्राथमिकतामा राख्न सतर्कता अपनाइने छ,’ जिल्लास्थित निर्वाचन सुरक्षामा खटिएका एक सुरक्षा अधिकारीले भने ।

रोल्पामा मुख्य ठूला दलहरु कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, नेकपा, राप्रपा, रास्वपालगायत १० वटा राजनीतिक दलले उम्मेदवार उठाएका छन् ।

यो पटकको निर्वाचनमा रोल्पामा ८६ मतदान स्थल र १ सय ८० वटा मतदान केन्द्र रहेको छ । अघिल्लो पटकको निर्वाचनमा भन्दा यो पटक ५ वटा मतदान केन्द्र थपिएको छ ।

जिल्लामा मतदाताको संख्या १ लाख ४९ हजार ५ सय ९७ रहेको छ । जसमा महिला मतदाता ७४ हजार ९ सय ७ र पुरुष मतदाता ७४ हजार ६ सय ९० छन् ।

अघिल्लो निर्वाचनमा भन्दा यो पटक ४ हजार १ सय २६ मतदाता थपिएका हुन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।

भयरहित, निष्पक्ष रूपमा र तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आफूहरू लागि परेको रोल्पाका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विनोद खतिवडाले बताए । निर्वाचन सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी संयुक्त सुरक्षामा खटिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?