+
+
Shares

हिन्दी सिरियलका रोहित चौधरी नेपाली फिल्म ‘आचार्य’ खेल्न काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १७:१५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय कलाकार रोहित चौधरी निखिल उप्रेतीको फिल्म 'आचार्य' को छायांकनका लागि एक हप्तादेखि नेपालमा छन्।
  • फिल्म 'आचार्य' को क्लाइमेक्स दृश्य छायांकन धमाधम भइरहेको छ र यो जेठमा प्रदर्शनमा आउने चर्चा छ।
  • फिल्ममा संचिता लुइँटेल निर्मात्रीको भूमिका र भारत-नेपालको कथावस्तु समावेश छ, जसमा भारतीय कलाकार र प्राविधिक पनि छन्।

काठमाडौँ । भारतीय टिभी तथा ओटीटी श्रृंखलाका कलाकार रोहित चौधरीलाई निखिल उप्रेतीको फिल्म ‘आचार्य’ पनि देख्न पाइने भएको छ । चौधरी फिल्म छायांकनलाई एक हप्तादेखि नेपालमा छन् ।

यो फिल्ममा उनको महत्वपूर्ण रोल हुने विवरणमा जनाइएको छ । उनी अझै एक साता नेपालमा हुनेछन् ।

अहिले निखिलले आफ्नै निर्देशन र शीर्ष अभिनय रहेको फिल्मको क्लाइमेक्स दृश्यको छायांकन धमाधम गरिरहेका छन् । फिल्म जेठमा प्रदर्शनमा आउने चर्चा छ ।

यो फिल्ममा अभिनेत्री संचिता लुइँटेल निर्मात्रीको भूमिकामा छन् । यो फिल्ममा नेपाल र भारतको कथावस्तु भएकाले भारतीय कलाकार र प्राविधिक पनि जोडिएका छन् ।

हिन्दी फिल्म ‘सेइला’ सहित श्रृंखला कुमकुम भाग्य, द्रौपदी, ब्रम्हराक्षस, दिव्यदृष्टि, कयामत कि रात, प्रेम या पहेली, अतरंगी, चन्द्रकान्तालगायतमा उनी देखिएका छन् ।

निखिलले केही साता भारतका विभिन्न भूभागमा यसको छायांकन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?