News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली टेनिस खेलाडी शिभाली गुरुङ अस्ट्रेलियामा भएको एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफीमा चौथो भएकी छन्।
- शिभालीले सेमिफाइनलमा जापानी खेलाडी आयोइ योसिदासँग ६-२, ६-३ ले पराजित भइन्।
- प्रतियोगितामा शिभालीले ५ खेलमा २ जित र ३ हार हासिल गरी समूह चरणमा चिनियाँ र अस्ट्रेलियन खेलाडीलाई पराजित गरेकी थिइन्।
१६ माघ, काठमाडौं । नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङ अस्ट्रेलियामा भइरहेको एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौथो भएकी छन् ।
अस्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिस तेस्रो स्थानको लागि शुक्रबार भएको खेलमा शिभाली जापानी खेलाडी आयोइ योसिदासँग सोझो सेटमा पराजित भइन् ।
सेमिफाइनलमा पराजित भएका शिभाली र योसिदाबीच मेलवर्न पार्क-वेर्स्ट कोर्ट १५ मा खेल भएको थियो । जहाँ योसिदाले शिभालीलाई ६-२, ६-३ ले पराजित गरिन् ।
अस्ट्रेलियन ओपन अन्तर्गत रहेको एसिया-प्यासिफिक एलिट १४ ट्रफीमा पहिलो पटक सहभागि हुँदै इतिहास रचेकी १४ वर्षीय नेपाली खेलाडी शिभालीले प्रतियोगितामा मिश्रित प्रदर्शन गरिन् । उनले कूल ५ खेल खेल्दा २ खेल जितिन् भने ३ खेलमा पराजित भइन् ।
समूह चरणमा शिभालीले चिनियाँ खेलाडी र अस्ट्रेलियन खेलाडीलाई पराजित गरेकी थिइन् भने भारतीय खेलाडीसँग पराजित भइन् । त्यसपछि सेमिफाइनलमा अस्ट्रेलियाकै खेलाडीसँग पराजित भइन् ।
ग्रुप ए मा रहेकी शिभालीले आफ्नो पहिलो खेलमा बुधबार चिनकी जिन्यु झाउलाई प्रतिस्पर्धात्मक खेलमा २-१ सेटले पराजित गर्दै विजयी सुरुवात गरेकी थिइन् ।
ग्रुप ए को दोस्रो खेलमा भने शिभाली भारतकी जेन्सी कनाबारसँग २-० को सेटमा पराजित भएकी थिइन् । तर तेस्रो खेलमा घरेलु खेलाडी जसलिन के लाई सोझो सेटमा सहजै पराजित गरेपछि शिभाली समूहको उपविजेता बन्दै सेमिफाइनल पुगेकी थिइन् ।
बिहीबार भएको सेमिफाइनलमा शिभाली घरेलु खेलाडी अस्ट्रेलियाकी मुसेम्मा सिलेकसँग सोझो सेटमा पराजित भएपछि फाइनल पुग्न असफल रहिन् ।
एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका उत्कृष्ट ८ ब्वाइज र ८ गर्ल्स खेलाडीले भाग लिएका थिए । गर्ल्स र ब्वाइज दुवैमा सहभागि खेलाडीलाई दुई समूहमा विभाजन गरिएर खेलाइएको थियो ।
प्रतिक्रिया 4