+
+
Shares

धनकुटामा बस दुर्घटना, ६ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १४:११

१६ माघ, धनकुटा । कोशी लोकमार्ग अन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमाना पर्ने त्रिशुलेमा बस दुर्घटना हुदाँ छ जना घाइते भएका छन् । तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको  को १ ख ५१०५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल पल्टिएर दुर्घटना भएको हो ।

घाइते हुनेमा तेह्रथुमको लालिगुँरास नगरपालिका–२ का ५३ वर्षीय रेवान्तकुमार कामी, २३ वर्षीय रविन लिम्बू, २२ वर्षीय राज लिम्बू, धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ की २८ वर्षीया मुना रुचाल, ५ वर्षीय बालक निक्खि रुचाल र सुनसरीको धरान उपमहानगरपालिका–५ की ४७ वर्षीया चन्द्रकला लिम्बू रहेका छन् ।

धनकुटाका प्रहरी प्रवक्ता ज्ञानकुमार महतोका अनुसार बसमा सवार १५ जना थिए । जसमध्ये ६ जना छाइते भएका छन् ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि धनकुटा–१, स्थित हिले उज्यालो सामुदायिक पोलिक्लिनिकमा पठाइएको छ ।

सवारी चालक सुनसरीको धरान उपमहानगरपालिका–७ का ४५ वर्षीय विष्णु थापा प्रहरी चौकी हिलेको नियन्त्रण रहेको र घटनाबरे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?