+
+
Shares

करिब आधा सकिएको काठमाडौं–तराई फास्ट ट्र्याक यस्तो देखियो (तस्वीरहरू)

नेपाली सेनाले जिम्मेवारी पाएको साढे आठ वर्ष र निर्माण कार्य प्रारम्भ भएको करिब साढे चार वर्षमा फास्ट ट्रयाकको भौतिक प्रगति ४५.१६ प्रतिशत पुगेको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ माघ १६ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई फास्ट ट्र्याक निर्माणको काम करिब ४५.१६ प्रतिशत सम्पन्न भएको छ।
  • नेपाली सेनाले साढे आठ वर्षमा निर्माण जिम्मेवारी पाएको र ३१ जेठ २०७८ बाट काम सुरु गरेको थियो।
  • फास्ट ट्र्याकमा १०.९७९ किलोमिटर सुरुङ मार्ग छ, जसमा लेन डाँडाको १.६२६ र धेद्रेको १.६९१ किलोमिटर सुरुङ ब्रेक थ्रु भइसकेको छ।

१६ माघ, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौं–तराई फास्ट ट्र्याक’ निर्माणको काम करिब आधा पूरा भएको छ ।

नेपाली सेनाले जिम्मेवारी पाएको आठ वर्ष र निर्माण कार्य प्रारम्भ भएको करिब साढे चार वर्षमा फास्ट ट्रयाकको भौतिक प्रगति ४५.१६ प्रतिशत पुगेको छ ।

नेपाल सरकारले २०७४ सालको वैशाखमा फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । त्यसपछि डीपीआर निर्माण, कन्सल्ट्यान्ट छनोट र ठेक्का प्रक्रिया पूरा गर्न सेनालाई ४ वर्ष लाग्यो । ३१ जेठ २०७८ बाट मात्र नेपाली सेनाले निर्माण काम प्रारम्भ गरेको थियो ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार यो परियोजना समयसीमा भित्रै अर्थात २०८३ चैत भित्रै सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

उनले दिएको जानकारीअनुसार फास्ट ट्र्याकमा १०.९७९ किलोमिटर सुरुङ मार्ग पर्छ । जसमध्ये लेन डाँडाको १.६२६ र धेद्रेको १.६९१ सुरुङको ब्रेक थ्रु भइसकेको छ । महादेवटार सुरुङमार्गको पनि ७० प्रतिशत काम सम्पन्न भएको छ ।

फास्ट ट्र्याक अन्तर्गत बन्नुपर्ने ८९ पुलमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेका छन् भने ८५ वटाको ठेक्का भएर काम सुरु भएको छ ।

करिब आधार निर्माण कार्य सकिएको बहुप्रतीक्षित परियोजना तस्वीरमा हेरौं ।

default
default
default

default
default

default
default

default

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?