+

कोशी प्राइड लिगको मिति सर्‍यो, अब चैतमा हुने

२०८२ माघ  १६ गते २१:३५ २०८२ माघ १६ गते २१:३५
कोशी प्राइड लिगको मिति सर्‍यो, अब चैतमा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेस्रो संस्करणको कोशी प्राइड लिग क्रिकेट प्रतियोगिता चैत ७ देखि २० गतेसम्म हुनेछ।
  • प्रतियोगिता मिति फागुन ९ बाट चैतमा सारिएको हो।
  • प्रतियोगितामा कुल ७ टिम सहभागी हुनेछन्।

१६ माघ, काठमाडौं । कोशी प्राइड प्रालिको आयोजनामा हुने तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिताको मिति सरेको छ ।

यसअघि फागुन ९ गतेदेखि सुरु हुने तय भएपनि अब प्रतियोगिता चैतमा हुनेछ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै मिति सारिएको बुझिएको छ ।

आयोजक कोशी प्राइडले शुक्रबार मिति सरेको जानकारी दिएको हो । प्रतियोगिता अब चैत ७ देखि २० गतेसम्म हुनेछ ।

कुल ७ टिमको सहभागिता रहने प्रतियोगिताको अक्सन सम्पन्न भइसकेको छ ।

नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्नास र गोर्खा एभेन्जर्स सहभागी हुनेछन्।

कोशी प्राइड लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय