+
+
Shares

बालेन स्टाइलमा फोटो सार्वजनिक गर्दै प्रकाश सपुतले गृहजिल्लाबाट थाले चुनाबी यात्रा  

खेमराज गौतम खेमराज गौतम
२०८२ माघ १७ गते १८:५३

१७ माघ, बागलुङ । पुस १९ गते शनिबार आठौं बागलुङ महोत्सवमा दर्शकलाई आफ्ना गीतबाट नचाएका कलाकार प्रकाश सपुत आज शनिबार फरक शैलीमा गृह जिल्ला आएका छन् ।

विगतमा मेला महोत्सवको मौका पारेर गृह जिल्ला आउने गरेका प्रकाश यसपटक भने चुनावका लागि भोट माग्न आएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार रहेका सपुतले आफ्नै निर्वाचन क्षेत्रबाट चुनावी अभियान शुरु गरेका छन् ।

गृह जिल्ला बागलुङको प्रसिद्ध धार्मिक स्थल पञ्चकोट धाममा रहेको ५ हजार ५ सय ५५ किलोको महाघण्ट अघि बालेन स्टाइलमा कालो पोशाक लगाएको तस्विर सार्वजनिक गरेका छन् ।

उनले अनलाइनखबरलाई प्रतिक्रिया दिँदै भने, ‘यो सांकेतिक तस्विर हो, मेरो चुनावी यात्रा औपचारिक रुपमा गृह जिल्लाबाटै शुरु भयो, त्यही पनि पञ्चकोटको आशीर्वाद लिएर । अब देशव्यापी अभियानमा पुग्छु ।’

उनले थपे, ‘राजनीतिक अस्थिरताको अन्त्य भएर, स्थिर सरकार बनोस् भन्ने सपना र लक्ष्यसँगै नयाँ यात्रामा निस्केको छु ।’

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा जन्मेका प्रकाश पहिलोपटक राजनीतिक यात्राका लागि बागलुङ आएका हुन् ।

बागलुङ क्षेत्र नम्बर एकका रास्वपाका प्रत्यक्ष उम्मेदवार सुशील खड्कालाई भोट माग्दै पश्चिम बागलुङको दुई नम्बर क्षेत्रमा पुग्ने सपुतले बताए ।

उनले बझाङ र अछाममा आफू खटिएको जानकारी दिँदै गृह जिल्लाबाट आवश्यकता अनुसार अन्य जिल्लामा पनि जाने योजना सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?