News Summary
Generated by OK AI. Editorially reviewed.- मोहमम्द नवाजको पाँच विकेटसहितको प्रदर्शनमा अस्ट्रेलियालाई १११ रनले हराउँदै पाकिस्तानले शृंखला क्लिन स्वीप गरेको छ।
- पाकिस्तानले दिएको २०८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १६.५ ओभरमा ९६ रन मात्र बनाउन सक्यो र ९ विकेट गुमायो।
- सायम अयुबले ५६ र बाबर आजमले ५० रन बनाए भने नवाजले ४ ओभरमा १८ रन दिएर ५ विकेट लिए।
१८ माघ, काठमाडौं । मोहमम्द नवाजले पाँच विकेट लिएपछि पाकिस्तानले अस्ट्रेलियासँगको तेस्रो टी-२०आई पनि जित्दै शृंखला क्लिन स्वीप गरेको छ ।
आइतबार भएको खेलमा पाकिस्तानले अस्ट्रेलियालाई १११ रनले हराएको हो । पाकिस्तानले दिएको २०८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ले १६.५ ओभरमा ९ विकेट गुमाएर ९६ रन बनायो । एडम जाम्पा चोटका कारण ब्याटिङमा आएनन् ।
अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक २३ रन बनाए । क्यामरन ग्रीनले २२ रन बनाए । जोश फिलिपेले १४ रन बनाए ।
पाकिस्तानका नवाजले ४ ओभरमा १८ रन मात्र दिएर ५ विकेट लिए । शाहीन अफ्रिदीले २ तथा नसीम शाह र अबरार अहमदले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । ओपनर सायम अयुबले ५६ रन बनाए भने बाबर आजम ५० रनमा अविजित रहे । शादाब खानले ४६ रन बनाए ।
अस्ट्रेलियाका लागि बेन डारशुइसले २ विकेट लिँदा म्याथ्यु कुहनेमान, म्याथ्यु शर्ट, कूपर कोनोली र क्यामरन ग्रीनले १-१ विकेट लिए ।
यसअघि सुरुवाती दुई खेल जित्दै पाकिस्तानले शृंखला कब्जा गरिसकेको थियो ।
प्रतिक्रिया 4