News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलले टोटनहमलाई ४-१ गोलअन्तरले पराजित गरेको छ ।
- आर्सनलका इबेरेची इजे र भिक्टर ग्योकेरेसले २-२ गोल गरे भने टोटनहमका रान्डल कोलो मुआनीले एक गोल गरे ।
- जितपछि आर्सनलले २८ खेलबाट ६१ अंक जोडेर पाँच अंकको अग्रता बनाएको छ ।
११ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलले नर्थ लण्डन डर्बीमा टोटनहमलाई ४-१ ले पराजित गरेको छ ।
इबेरेची एजे र भिक्टो ग्योकेरेसले दुई-दुई गोल गरेपछि आर्सनलले टोटनहममाथि उसैको मैदानमा प्रभावशाली जित हासिल गरेको हो । टोटनहमका रान्डल कोलो मुआनीले एक गोल फर्काए ।
खेलको ३२औं मिनेटमा इजेले गोल गर्दै पाहुना टोली आर्सनललाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटमै टोटनहमका कोलो मुआनीले बराबरी गोल फर्काएपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको सुरुमै आर्सनलले अग्रता लियो । ग्योकेरेसले ४७औं मिनेटमा गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए । इजेले ६१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने इन्जुरी समयको चौथो मिनेटमा ग्योकेरेसले गोल गर्दै ४-१ को जित पक्का गरे ।
जितपछि शीर्षस्थानको आर्सनलले २८ खेलबाट ६१ अंक जोड्दै पाँच अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटी ५६ अंकसहित दोस्रो स्थानमा छ । टोटनहम भने २९ अंक जोडेर १६औं स्थानमा छ । यस सिजन अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको टोटनहम रेलिगेसन जोनको वेस्टहम भन्दा ४ अंकले मात्र अघि छ ।
प्रतिक्रिया 4