+
+
Shares

विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते ११:५२

१९ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयस्थित वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारी घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हुलाक भन्सार शाखा भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र हुलाक भन्सार पार्सल (निकासी) शाखामा कार्यरत नासु छवि प्रसाद रिजाल छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट आइतबार पक्राउ गरेको हो ।

पुडासैनीबाट घुस लिएको १० हजार, १ लाख ३६ हजार ४२० जरी जम्मा १ लाख ४६ हजार ४२० बरामद भएको छ ।

त्यस्तै रिजालको साथबाट घुस लिएको २० हजार र स्रोत नखुलेको रकम गरी २ लाख ६८ हजार २८८ रुपैयाँ भएको छ ।

उनीहरुले कुरियर कम्पनीमार्फत विदेश पठाउने सामान घुस माग्ने गरेको सूचना आएपछि अख्तियारले छापा मारेर पक्राउ गरेको हो ।

यसका साथै २३ थान मोबाइल पनि बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?