+
+
Shares

मन्डेल्सनले एपस्टाइनसँगको सम्बन्धका कारण लेबर पार्टीबाट दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १५:२७

काठमाडौ । बेलायती राजनीतिका ‘राजनीतिक फिक्सर’ मानिने लर्ड पिटर मन्डेल्सनले अन्ततः लेबर पार्टीको सदस्यताबाट राजीनामा दिएका छन्।

अमेरिकी न्याय विभागले हालै सार्वजनिक गरेको जेफ्री एपस्टाइनसँग सम्बन्धित ३५ लाखभन्दा बढी कागजातहरूमा मन्डेल्सनको नाम र केही शंकास्पद भुक्तानीहरू फेला परेपछि उनले यो निर्णय लिएका हुन् ।

सन् २००३ र २००४ मा एपस्टाइनको बैंक खाताबाट मन्डेल्सन र उहाँका पार्टनरको खातामा तीन पटक गरी कुल ७५ हजार अमेरिकी डलर पठाइएको दस्तावेजहरूले देखाएका छन्। मन्डेल्सनले यी आरोपहरूलाई झुटो भन्दै यसबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

सार्वजनिक भएका नयाँ फाइलहरूमा मन्डेल्सन भित्री लुगामा एक अज्ञात महिलासँग उभिएको तस्वीर समेत समावेश छ। मन्डेल्सनले उक्त तस्वीर र स्थानबारे आफूलाई केही सम्झना नभएको बताएका छन्।

प्रधानमन्त्री कीर स्टार्मर नेतृत्वको सरकारलाई थप अप्ठ्यारो नपरोस् भन्नका लागि आफूले राजीनामा दिएको उनले उल्लेख गरेका छन्।

मन्डेल्सनले एपस्टाइनका पीडित महिला तथा बालिकाहरूसँग माफी माग्दै एपस्टाइनसँगको आफ्नो मित्रतालाई जीवनको ‘ठूलो गल्ती’ भनेका छन । यसअघि उनलाई एपस्टाइनसँगकै सम्बन्धका कारण अमेरिकाका लागि बेलायती राजदूतको पदबाट समेत बर्खास्त गरिएको थियो।

-बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?