News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले मतदाता परिचयपत्र नभएमा नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी लगायत ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक लिएर मतदान गर्न पाइने बताएको छ।
- मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता हुनु अनिवार्य छ र नाम दर्ता भएका व्यक्तिले मतदान गर्दा परिचयपत्र साथमा लिएर जानुपर्छ।
- आगामी २१ फागुनमा निर्वाचन हुँदैछ र आयोगले कल सेन्टरमार्फत मतदाता प्रश्नको जवाफ दिएको हो।
२० माघ, काठमाडौं । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न पाइने जनाएको छ ।
निर्वाचन आयोगले स्थापना गरेको कल सेन्टरमा प्राप्त पत्रको जवाफमा यस्तो उल्लेख छ ।
मतदाता परिचय पत्र नभएमा मत हाल्न पाइन्छ कि पाइँदैन ? भन्ने प्रश्नको जवाफमा आयोगले ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न पाइने बताएको हो ।
आयोगका अनुसार मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिर्वाय छ ।
मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मतदान गर्न जाँदा सामान्यतया आफूसँग भएको मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ ।
मतदाता परिचयपत्र नभएको वा नस्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइन्छ ।
आगामी २१ फागुनमा निर्वाचन हुँदैछ ।
प्रतिक्रिया 4