+
+
Shares

रास्वपा नेता राणा भन्छन् : प्राइमरी इलेक्सन मिडियाबाजी गर्ने अस्त्र बन्यो

‘उम्मेदवार छनोट गर्दा तोकिएको शुल्कमा आर्थिक अपारदर्शी भएको छ’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १४:१३

२१ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणयशमशेर राणाले पार्टीले प्रारम्भिक निर्वाचनको नाममा आर्थिक अपारदर्शी काम गरेको बताएका छन् ।

रास्वपाबाट काठमाडौं–५ मा अघिल्लोपटक उम्मेदवार बनेका थिए । यसपटक पनि छनोट प्रक्रियामा सहभागी राणाले प्रारम्भिक मतदानको विधि अनुसार उम्मेदवार छनोट नभएको हुँदा शुल्क फिर्ता गर्न माग गरेका छन् ।

पार्टीले प्रारम्भिक मतदानको विधि लत्याएको उल्लेख गर्दै भिडियोमार्फत राणाले आपत्ति जनाएका छन् । रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवार हुन इच्छुकका लागि प्रति व्यक्ति २५ हजार रुपैयाँ शुल्क तोकेको थियो ।

रास्वपाको पृष्ठभूमिबाट आएका र उम्मेदवार हुन इच्छुकले पार्टीले तोके अनुसारको शुल्क बुझाएर आवेदन दिएका थिए । काठमाडौं महानगरका पूर्व मेयर बालेन शाह पक्षसँग एकता भएपछि प्रारम्भिक मतदान प्रक्रियामा भाग नलिने पनि उम्मेदवार बनेका थिए ।

उम्मेदवार मनोनयनका दर्ता तोकिएको दिन माघ ६ गतेसम्म पनि रास्वपा उम्मेदवार टुंगो लगाउने कार्यमा व्यवस्था थियो । विगतमा अन्य दलमा रहेका कतिपयलाई भित्र्याएर टिकट दिइएको थियो । अन्य पक्षबाट उम्मेदवार बनाएका हकमा विधि लागु हुन नसकेपनि रास्वपा पृष्ठभूमिका व्यक्तिमा विधि लागु गर्न सकिने भएपनि अवलम्बन नगरिएको राणाले बताए ।

पार्टीले तोकेको विधि अपूर्ण रहेको र कार्यान्वयनमा नआएको जनाउँदै उम्मेदवारका आकांक्षी राणाले शुल्क फिर्ताको माग गरेका हुन् ।

‘सबै उम्मेदवारहरूको आकांक्षीहरूको २५ हजार रुपैया त फिर्ता दिनुपर्छ नत्र त्यो ठगी हुन्छ। यस्ता गम्भीर विषयहरू उठाउने कि नउठाउने ? निर्वाचनको समयमा यो पब्लिक बहस हुनु पर्छ कि पर्दैन ?,’ नेतृत्वसँग राणाको प्रश्न छ ।

प्रारम्भिक निर्वाचनमा त्यसबाट प्राप्त मत नै अन्तिम हुनुपर्नेमा रास्वपाले ५० प्रतिशत मतभार तोकेर उपयुक्त विधि नबनाएको राणाले निष्कर्ष छ । ‘यदि शिक्षा, योग्यता, पार्टीमा गरेको अनुभव, योगदानको कुराहरू हुन् भने त त्यसैको आधारमै त हामीले भोट माग्ने हो नि,’ राणा भन्छन्, ‘संसारभरि जहाँ पनि प्राइमरी हुन्छन् भने त्यहाँ भोटिङ नै फाइनल हुन्छ ।’

प्रारम्भिक मतदानबाट उम्मेदवार छनोट गर्ने व्यवस्था भएको विधान निर्वाचन आयोगलाई बुझाएर त्यस विपरित कार्य भएको राणाको ठहर छ । उम्मेदवार छनोटप्रति असन्तुष्ट राणाले व्यक्तिवादी चरित्र र बदमासी देखिएको आरोप लगाए ।

‘सरकारमा गइसकेपछि त्यो पार्टीको चरित्र काम गर्ने तरिका कस्तो हुन्छ ?,’ नेतृत्वसँग उनको प्रश्न छ, ‘एउटा अलग प्रयोग गरेका छौं भनेर मिडियाबाजी गर्ने एउटा अस्त्र मात्रै भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?