+

राष्ट्रिय लिगमा कांक्रेविहारलाई पहिलो अंक

२०८२ माघ  २१ गते १६:३७ २०८२ माघ २१ गते १६:३७
राष्ट्रिय लिगमा कांक्रेविहारलाई पहिलो अंक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुर्खेतको कांक्रेविहा क्लबले राष्ट्रिय लिग फुटबलमा चित्लाङ एफसीसँग २-२ को बराबरी गर्दै पहिलो अंक जोडेको छ ।
  • कांक्रेविहारले ६ खेलबाट १ अंक जोड्दै अंकतालिकामा १६औं स्थानमा रहेको छ ।
  • सन्दिप देउबाले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गर्दै कांक्रेविहारलाई हारबाट बचाएका थिए ।

२१ माघ, काठमाडौं । सुर्खेतको कांक्रेविहा क्लबले राष्ट्रिय लिग फुटबलमा पहिलो अंक जोडेको छ ।

लगातार पाँच खेलमा पराजित भएको कांक्रेविहारले बुधबार एन्फा कम्प्लेक्स मैदानमा चित्लाङ एफसी २-२ को बराबरीमा रोक्दै एक अंक जोडेको हो ।

पहिलो बरापछि कांक्रेविहारले अंकको खात खोलेको छ । ६ खेलबाट १ अंक जोडेको कांक्रेविहार अंकतालिकामा १६औं स्थानमै छ । अब बाराको नव जनजागृति मात्र अंकविहिन छ ।

भरत नागलकले २९औं मिनेटमा गोल गर्दै कांक्रेविहारला२ सुरुवाती अग्रता दिलाएका थिए । तर चित्लाङले पुनरागमन गर्दै लगातार दुई गोल गरेको थियो । चेतन कुमार थारुले ७६औं मिनेटमा चित्लाङका लागि बराबरी गोल गरे । आरोन थापाले ८६औं मिनेटमा गोल गरेपछि चित्लाङले २-१ को अग्रता बनाउँदै जित नजिक पुगेको थियो । तर सन्दिप देउबाले दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गर्दै कांक्रेविहारको हार्दै टार्दै १ अंक दिलाउन मदत गरे ।

तस्बीर: एन्फा

राष्ट्रिय लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय