+
टी-२० विश्वकप २०२६ :

टी-२० विश्वकपमा चम्कन सक्ने युवा खेलाडी

२०८२ माघ  २४ गते ११:५८ २०८२ माघ २४ गते ११:५८
टी-२० विश्वकपमा चम्कन सक्ने युवा खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी पुरुष टी–२० विश्वकप २०२६ भारत र श्रीलंकामा २४ माघदेखि सुरु हुँदैछ र युवा खेलाडीहरूलाई ठूलो मञ्चमा आफूलाई प्रमाणित गर्ने अवसर मिल्नेछ।
  • इंग्ल्यान्डका २३ वर्षीय जेकब बेथलले सिड्नीमा १५४ रनको ऐतिहासिक शतक प्रहार गरेका छन् र टी–२० ढाँचामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
  • भारतका तिलक वर्मा, दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेभिस, अफगानिस्तानका सेडिकुल्लाह अटल र अस्ट्रेलियाका कूपर कोनोलीले विश्वकपमा आफ्नो प्रतिभा देखाउने तयारी गरिरहेका छन्।

२४ माघ, मुम्बई । आईसीसी टी-२० पुरुष विश्वकप आजदेखि भारत र श्रीलंकामा सुरु हुँदा युवा खेलाडीहरूका लागि आफूलाई ठूलो मञ्चमा प्रमाणित गर्ने उत्कृष्ट अवसर पनि हुनेछ । नयाँ प्रतिभावान् खेलाडीहरूका लागि यो ठूलो अवसर हो ।

शनिबारदेखि सुरु हुने टी-२० विश्वकपमा पनि केही युवा खेलाडीहरू विश्वकपमा आफूलाई प्रमाणित गर्न तयारी अवस्थामा छ ।

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ पनि अघिल्ला संस्करणहरूझैँ नयाँ विश्वस्तरीय प्रतिभालाई सबै सामु ल्याउन तयार छ । जसले आगामी धेरै विश्वकप चक्रसम्म क्रिकेट जगतमा आफ्नो प्रभाव जमाउनेछन् ।

विश्वकप बाहेक अन्य क्रिकेट प्रतियोगितामा ती युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । तर टी–२० विश्वकपजस्तो ठूलो मञ्चमा पर्ने तीव्र प्रभावले नयाँ पुस्ताका खेलाडीहरूलाई सिधै शीर्ष तहमा पुर्‍याउनेछ ।

भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा आफ्नो प्रतिभा देखाउन तयार केही युवा स्टारहरूका बारेमा आईसीसीले तयार पारेको सामाग्री यहाँ प्रस्तुत छन् ।

टी–२० विश्वकपमा हेर्नैपर्ने युवा खेलाडीहरू

जेकब बेथल (इंग्ल्यान्ड)

२३ वर्षीय ब्याटिङ अलराउन्डर जेकब बेथेलले क्रिकेट विश्वलाई आफू आएको संकेत दिन थालिसकेका छन् ।

गत महिना मात्र सिड्नीमा एसेसको अन्तिम टेस्टमा उनले दोस्रो इनिङ्समा १५४ रनको ऐतिहासिक शतक प्रहार गरेका थिए, जसले अस्ट्रेलियाको नियन्त्रणमा रहेको खेलमा इंग्ल्यान्डलाई नयाँ जीवन दिएको थियो । उनले त्यो इनिङ्समा देखाएको परिपक्वता उच्चस्तरीय थियो ।

उनको खेल शैली टी–२० ढाँचाका लागि उपयुक्त छ । २१ टी–२० अन्तर्राष्ट्रिय इनिङ्समा करिब १५० को स्ट्राइक रेटसहित उनले विश्वका उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने क्षमता देखाएका छन् ।

बायाँ हाते बेथेलले जोस बटलर र फिल साल्टसँग मिलेर इंग्ल्यान्डको बलियो शीर्षक्रम र पावरप्ले ब्याटिङलाई थप धारिलो बनाउनेछन् ।

तिलक वर्मा (भारत)

यस सूचीमा सबैभन्दा चर्चित नामको रुपमा तिलक वर्मा हुन् । उनी हाल टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा चौथो स्थानमा छन् । स्टाइलिस बायाँ हाते ब्याटर वर्मा तल्लो पेटको चोटबाट निको भएर फर्केका हुन् र पून: भारतीय टोलीमा छनोट भएका हुन् ।

२३ वर्षीय वर्माले दुई अभ्यास खेलमा ४३ बलमा कुल ८३ रन बनाएर आफ्नो क्षमताको झल्को दिएका छन् । सन् २०२३ मा डेब्यु गरेयता उनले ४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् र ३७ इनिङ्समा ४९.२९ को शानदार औसत कायम गरेका छन् । दक्षिण अफ्रिकामा बनाएका दुई शतकसहित उनका नाममा ६ अर्धशतक छन् ।

हैदराबादका यी ब्याटर भारतले १४४ को स्ट्राइक रेटसहित ब्याटिङ गर्छन् । उनी भारतको स्टार शीर्षक्रमसँग मिलेर विश्वकपमा दर्शकहरूलाई मनोरञ्जन दिने पक्का छ ।

डेवाल्ड ब्रेभिस (दक्षिण अफ्रिका)

२२ वर्षीय डेवाल्ड ब्रेभिस प्रतिभा र चर्चाको हिसाबले दुई फरक सूचीमा छन् । उनी हेर्नलायक पाँच खेलाडीको सूचीमा पनि छन् ।

जोहानसबर्गका यी ब्याटरले २१ टी–२० अन्तर्राष्ट्रिय इनिङ्स खेल्दै १७१.३२ को विस्फोटक स्ट्राइक रेट कायम गरेका छन् ।

गत वर्ष अस्ट्रेलियाविरुद्ध उनले बनाएको अविजित १२५ रन (५६ बलमा) टी–२० अन्तर्राष्ट्रिय इतिहासकै चौथो उच्च स्कोर हो ।

सबै प्रकारका शट खेल्न सक्ने ब्रेभिस अघिल्लो संस्करणमा उपाधि नजिक पुगेको दक्षिण अफ्रिकी टोलीका लागि निर्णायक खेलाडी बन्न सक्ने क्षमता राख्छन् ।

सेडिकुल्लाह अटल (अफगानिस्तान)

शीर्ष क्रममा ब्याटर सेदिकुल्लाह अतलको आगमनले अफगानिस्तानको तीव्र उदयलाई स्थायी दावेदारका रुपमा रूपान्तरण गर्न सक्छन् ।

अघिल्लो संस्करणमा सेमिफाइनल पुगेको टोलीमा अतलजस्ता नयाँ प्रतिभाले थप बल प्रदान गरेका छन् ।

२४ वर्षीय अतल रहमानुल्लाह गुरबाज र इब्राहिम जद्रानसँग मिलेर पावरप्लेमा घातक बन्न सक्छन् । उपमहादिपको परिस्थिती अनुसार यी खेलाडी प्रभावशाली बन्न सक्छन् ।

हालै वेस्ट इन्डिजविरुद्ध बनाएको अर्धशतकले उनको आत्मविश्वास थप बढाएको छ । र टी२० विश्वकपमा त्यही लय कायम राख्ने विश्वास छ ।

अटलले आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्छन् ।

कूपर कोनोली (अस्ट्रेलिया)

२२ वर्षीय कूपर कोनलीमाथि विश्वकपअघि धेरै कथा जोडिएका छन् । उनको प्रतिभामा कुनै शंका छैन, तर प्रदर्शनको दबाब भने बढ्दो छ ।

गत वर्ष अस्ट्रेलियाको बिग ब्यास लिगमा कूपर कोनोलीले ग्लेन म्याक्सवेलसँग संयुक्त रूपमा ‘प्लेयर अफ द टुर्नामेन्ट’ बनेका थिए । उनीहरूबीच केही समानता पनि छ । कोनली र म्याक्सवेल दुवै फिंगलस्पिन र आक्रामक ब्याटिङका लागि चिनिन्छन् ।

तर मुख्य कुरा के छ भने अन्तर्राष्ट्रिय स्तरमा उनको रेकर्ड अझै कमजोर छ । ९ अन्तर्राष्ट्रियमा खेल र ५ इनिङ्समा जम्मा १४ रन मात्र छ । पाकिस्तानविरुद्धको हालैको श्रृंखलामा पनि उनी ब्याटिङमा संघर्षरत रहेका थिए ।

यद्यपी उनको बायाँहाते स्पिन बलिङ क्षमताका कारण स्पिनमैत्री मैदानहरूमा उनलाई अवसर निरन्तर मिल्न सक्छ ।

उनले अब मुख्य प्रतियोगितामा ब्रेकआउट पाउन मात्र बाँकी छ । त्यो कहिले भन्ने प्रश्न मात्र बाँकी छ ।

***

यसबाहेक जिम्बाबेका २२ वर्षी ब्रायन बेनेट र क्यानडाका १९ वर्षीय युवाराज सम्रा पनि विशेष मेन्सनको रुपमा छन् ।

बेनेटले एक शतक र तीन अर्धशतकसहित जिम्बाब्वेलाई टी२० विश्वकप छनोट गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले त्यो लय भर्खरै पाकिस्तान र श्रीलंकाविरुद्ध पनि देखाएका थिए ।

यस्तै क्यानडाका सम्रा यस टी–२० विश्वकपका सबैभन्दा कान्छा खेलाडीमध्ये एक हुन् । उनले १५ टी–२० अन्तर्राष्ट्रिय इनिङ्समा ३६.८३ को औसत र १६० को स्ट्राइक रेटसहित खेलिरहेका छन् । तीन अर्धशतक बनाइसकेका यी युवा क्यानडाका लागि भविष्यका स्टार हुन् ।

टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय