News Summary
Generated by OK AI. Editorially reviewed.- भारतमा आईसीसी टी-२० विश्वकप २०२६ को माहोल छ र मुम्बईमा सबैभन्दा बढी चर्चा र उत्साह देखिएको छ।
- मुम्बईस्थित वाङ्खडे स्टेडियममा भारत र अमेरिकाबीच टी-२० विश्वकपको उद्घाटन खेल हुने भएको छ।
- नेपाली क्रिकेट टोलीले समूह चरणमा सबै चार खेल वाङ्खडेमा खेल्नेछ र पहिलो खेल माघ २५ मा इंग्ल्यान्डसँग हुनेछ।
२३ माघ, मुम्बई । भारतमा यतिबेला आईसीसी टी-२० विश्वकप २०२६ को माहोल छ । भारतभित्र पनि सबैभन्दा बढी चर्चा अनि उत्साह मुम्बईमा देखिएको छ।
मुम्बईस्थित वाङ्खडे स्टेडियममा भारत र अमेरिकाबीच टी-२० विश्वकपको उद्घाटन खेल पनि हुने भएकाले यतिबेला मुम्बई क्रिकेटमय छ ।
नेपाली क्रिकेट टोलीले समूह चरणमा खेल्ने सबै चार खेल यहीँ वाङ्खडेमा हुँदैछ । नेपालले पहिलो खेल माघ २५ मा इंग्ल्यान्डसँग खेल्नेछ ।
इंग्ल्यान्ड क्रिकेट टोलीले शुक्रबार वाङ्खडे स्टेडियममा अभ्यास समेत गरेको छ ।
अभ्यासपछिको प्रेस कन्फेरेन्समा इंग्ल्यान्डका अलराउन्डर विल ज्याक्सले नेपाली टोलीले पछिल्लो समय गरेको प्रगतिको प्रशंसा समेत गरेका थिए ।
हेरौं इंग्ल्यान्डको अभ्यासका तस्वीरहरू















प्रतिक्रिया 4