+

बुढा सुब्बा गोल्डकपको सेमिफाइनलमा आयोजक धरान

२०८२ माघ  २२ गते १८:२६ २०८२ माघ २२ गते १८:२६
बुढा सुब्बा गोल्डकपको सेमिफाइनलमा आयोजक धरान

२२ माघ, सुनसरी । आयोजक धरान फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण बुढा सुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

धरान रंगशालामा  बिहिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा टाइ ब्रेकरमा ४-२ गोल अन्तरले भारतको कालेबुङका जर्जियन क्लबलाई पराजित गरेको हो ।

जितसँगै आयोजक धरान फुटबल क्लब सेमिफाइन पुगेको छ । टाइ ब्रेकरमा धरानका विवेक राई, राज लिम्बू, प्रज्वल थापा र नगेन राईले गोल गरेका थिए ।

पाहुना टिम जर्जियनका सरद मुनडा र सेइजाले मात्र गोल गरेका थिए । बक्सर प्रधान र विशाल क्षेत्रीको प्रहारलाई धरानका गोल रक्षक विपुल मगरले बचाएका थिए । गोल रक्षक मगर नै खेलको म्यान अफ दि म्याच भए ।

खेल सुरु भएको ८औं मिनेटमा आयोजक धरान फुटल क्लब विरुद्ध भारत कालेबुङका जर्जियन क्लबका हेमराज भुजेलले पहिलो गोल गरेका थिए । यो अग्रता लामो समय टिक्न सकेन ।

पहिलो हाफको १९औं मिनेटमा धरानका कप्तान तपन कार्कीले गोल फर्काउँदै खेललाई १-१ को बराबरीमा पुर्‍याए । जर्जियन क्लबका गोल रक्षक निगम सिङ्ले बल पन्च गरेर बचाउन खोजे पनि पोस्टमा छिरेको थियो ।

गोल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो ।

शुक्रबार झापा ११ र रोयल थिम्पु भुटान बीच प्रत्स्पर्धा हुनेछ ।

बुढा सुब्बा गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय