+

टी–२० विश्वकप : आईसीसी टिभीमा नेपाली कमेन्ट्री पनि प्रसारण हुने

२०८२ माघ  २२ गते १३:४१ २०८२ माघ २२ गते १३:४१
टी–२० विश्वकप : आईसीसी टिभीमा नेपाली कमेन्ट्री पनि प्रसारण हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का केही खेल नेपाली कमेन्ट्रीसहित कान्तिपुर टेलिभिजनले प्रसारण गर्नेछ।
  • प्रतियोगिता फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुनेछ।
  • नेपाली कमेन्ट्री फिड आईसीसी डट टिभीमार्फत अन्य नेपाली भाषी दर्शकका लागि उपलब्ध गराइनेछ।

२२ माघ, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ नेपाली कमेन्ट्रीमा पनि प्रसारण हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको प्रसारण विवरणअनुसार प्रतियोगिताका केही खेल (सम्भवत: नेपालका खेल) कान्तिपुर टेलिभिजनले स्थानीय उत्पादनसहित नेपाली भाषामा प्रसारण गर्नेछ । नेपाली कमेन्ट्री फिड आईसीसी डट टिभीमार्फत अन्य नेपाली भाषी दर्शकका लागि पनि उपलब्ध गराइने जनाइएको छ ।

भारत र श्रीलंकाको संयुक्त आयोजनामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने प्रतियोगितामा २० टोलीले ५५ खेल खेल्नेछन् । विश्वभरका दर्शकले खेलहरू टेलिभिजन, डिजिटल प्लेटफर्म, अडियो तथा अन्य नयाँ माध्यममार्फत प्रत्यक्ष हेर्न सक्नेछन् ।

दक्षिण एसियामा जियोस्टारले स्टार स्पोर्ट्स नेटवर्कमार्फत टेलिभिजन प्रसारण गर्नेछ भने जियोहटस्टार डिजिटल प्लेटफर्मबाट पनि खेलहरू उपलब्ध हुनेछन् ।

स्टार स्पोर्ट्स नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्समा वितरण साझेदारमार्फत उपलब्ध हुनेछ ।

टी-२० विश्वकप २०२६ नेपाली कमेन्ट्री

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय